अर्थ मुख्य

उर्लाबारीमा म्याद सकिएका पेय पदार्थ

उर्लाबारी, २८ भदौ
उर्लाबारी नगरपालिकाले बुधबार नगरभित्रका बजार पसल अनुगमन गर्दा म्याद सकिएका पेज पदार्थ फेला परेका छन् ।
विहानदेखि अपरान्हसम्म नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरोलाको नेतृत्वमा ३ वटा टोली बनाएर नगरभित्रका बजार पसल अनुगमन गरिएको हो । अधिंकाश पसलमा पेय पदार्थहरु म्याद गुज्रिएको भेटिएकाले सचेत रहन नगरपालिकाले आह्वान समेत गरेको छ । पसलमा मूल्य सूची राखे नराखेको, पसल दर्ता तथा नवीकरण लगायतका कागजात भए नभएको, म्याद गुज्रिएका सामाग्री भए नभएको, सरसफाइमा ध्यान दिए नदिएको लगायतको अनुगमन गरिएको नगर उपप्रमुख पौडेलले बताइन् । अनुगमनका क्रममा पेय पदार्थहरुको म्याद गुज्रेको, पाउरोटी, विस्कुट, लगायतका सामग्रीहरु बरामद गरिएको छ ।
नगर प्रमुख खरेलको नेतृत्वमा किराना र फलफुल पसल, उपप्रमुख पौडेलको नेतृत्वमा होटल, स्विट, बेकरी, कृषि भण्डार, मासु पसल तथा प्रमुख प्रशासकीय निरौलाको नेतृत्वमा औषधी पसल लगायतको अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा वडाध्यक्षहरु, इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रतिनिधि, नगरपालिकाका अधिकृतहरु, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रतिनिधि, उर्लाबारी उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चार क्लब उर्लाबारीका प्रतिनिधि रहेका थिए ।
उर्लाबारीमा अब बजार अनुगमनलाई तिब्रता दिने उहाँले उद्घोष समेत गर्नुभएको छ । आफूले प्रयोग गर्ने वस्तुको मूल्य, म्याद सकिएको छ , छैन त्यसको यकिन गरि मात्र खरिद र उपभोग गर्न नगर प्रमुख खरेलले उपभोक्ताहरुलाई आह्वान गर्नुभएको छ । खाद्यान्न वस्तुको प्रयोगमा उपभोक्ता स्वयं पनि सचेत रहन आवश्यक रहेको उपप्रमुख पौडेलले बताइन् ।

Author

You may also like