मुख्य शिक्षा

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए। 

Author

You may also like