०३ भदौ, झापा । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्रुमा परी शनिबार दिउँसोसम्म झापाका २७ सहित १ सय ८१ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्रुमा परी काठमाडौं उपत्यकामा ३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो । सोही अवधिमा कोशी प्रेशका ३८ सहित २ सय २९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं उपत्यकामा ११ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्रुचिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् ।
यसैगरी कोशी प्रदेशमा ४९ जनासहित १ सय १३ जनाको उद्दार गरिएको छ भने कोशीका ३ जनासहित १ सय ५० बेपत्ताको खोजी भईरहेको छ । बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्रुका घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् ।