जंगलमा जलेको अवस्थामा मृत फेला

जंगलमा जलेको अवस्थामा एकजना वृद्ध मृत फेला परेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक मंगलवारदेखि हराईरहेका थिए । उनकाे शव चुहानडाँडा स्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार दिउँसो २ बजे फेला परेकाे हाे ।

मंगलवार सो जंगलमा आगलागी समेत भएको बताईएको छ । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.