लेख स्वास्थ्य

संक्रमणसँग लड्न यस्ताे खानेकुरा खानुहाेस् (पूर्वसन्देश दैनिक)

हाम्रो शरीर अनेकन कोष, विभिन्न रस ग्रन्थि, हड्डी, मासपेशी, नसा, रक्त नसा, अङ्ग, मस्तिष्क अनि विभिन्न आवरण बाट बनिएको हुन्छ । शरीरमा रहेका हरेक कोष जसबाट पूर्ण शरीर बनेको हुन्छ ले आहारा पाएर या लिएर मात्र बाच्ने र आप्mनो काम निरन्तर गरिहेका हुन्छन् । फलस्वरुप हाम्रो शरीरमा अनगिन्ती कामहरु एकै पटक भइरहेका हुन्छन् । तिनै काम या शारीरिक सक्रियताले हामी काम गर्न सक्छौ, खराव असल छुट्याउन सक्छौ । जसको पुर्ति हामीले खाएको खानेकुरा र उचित वातावरणबाट सम्भव छ ।

हाम्रो शरीरलाई चलायमान राख्न, निरोगी राख्न र उमेर अनुसारको रोगबाट बच्न सन्तुलित खानाको आवश्यकता पर्छ । ती खानाहरुमा पाइने ६ प्रकारका तत्वहरुको उपस्थिती या मिश्रणलाई सन्तुलित आहारा भनिन्छ । कार्बोहाइड्रेट, प्रोटिन, भिटामीन, खनिज, पानी र चिल्लो पदार्थ नै सन्तुलित खानाका प्रकार हुन् । यी छ प्रकारका तत्व बाहेक पनि केहि तत्वहरु उमेर अनुसार हामीलाई प्रसस्त चाहिन्छ । त्यस्ता तत्वहरुले हाम्रो शरीरलाई खुसी, आनन्द, प्रेम, यौन अनि सर्तकता अपनाउन मद्धत गर्छन । यस्ता तत्वहरु(शरीरलाई चाहिने हर्मोन र मस्तिष्क रस) भने हामीले सेवन गरेको खाना, वातावरण उमेर, सुख दुःखमा प्रेम अदिको समयमा आफै उत्पादन हुन्छन् । यी तत्वहरुले हाम्रो मुड, सक्रियता, उत्तेजान, गहिरो निद्रा, पाँचन क्रिया अदिमा समेत मद्धत गर्छन । यी तत्वहरुलाई हर्मोन अथवा रसराग भनिन्छ भने दिमागमा बग्ने या निस्कने विभिन्न पदार्थ (न्युरो ट्रान्समिटर, मस्तिष्क रस, हर्मोन) भनिन्छ । र,यी सबैको आधार भनेको सन्तुलित खाना नै हो ।

सन्तुलित खाना सगै हाम्रो शरीर स्वास्थ रहन व्यायाम, स्वस्थ वातावरण अनि सकारात्मक सोच र सहयोगी भावना पनि उत्तिकै जिम्मेवार हुन्छ । यदि तपाई माथि भनिएका सबै प्रकारका तत्व मिसिएको खाना खानुहुन्छ तर व्यायाम, सकारात्मक सोच र सहयोगी भावना छैन भने पनि तपाई स्वास्थ रहन सक्नु हुन्न । अर्को एउटा रहस्य पनि आफुले खाने खानासँग जोडिएको हुन्छ । त्यो हो मानिसको दिमागमा आउने राम्रा या नराम्रा कुरा । जस्तै तपाई कुन प्रकारको भोजन गर्नु हुन्छ, सात्विक, राजसी या तामसी ? तापाई जुन या जस्तो प्रकारको खाना खानुहुन्छ त्यस्तै रसराग र न्युरो केमिकलको उत्पादन वढने हो । सोचाई विचार र मन पनि त्यस्तै भएर जाने हो । त्यसैले पहिलो प्रस्थान विन्दु या स्वास्थ रहने आधर भनेको नै सुन्तुलित खाना र सकारात्मक सोच हो ।

आज विश्वमै कोराना नामको भाइरसले आत्तंक मच्चाई रहेको छ । मानिस कतिबेला मृत्युको मुखमा पुग्ने टुङ्गो छैन । जताततै हाहाकार छ । एउटा नाङ्गो आँखाले समेत देख्न नसकिने भाइरसले यत्रो ठूलो क्षति गरिरहदा हामी कहाँ चुक्यौ र चुक्नुकाु कारण के भन्ने कुराको पाठ सिक्नु अत्यन्तै जरुरी छ । अबका समयमा यस्ता शक्तिशाली अन्य भाइरस या महमारी नआउला भन्ने कुनै ग्यारन्टी छैन । यस्तो अवस्थामा स्वस्थ रहन सक्नु सबै भन्दा ठूलो सम्पती र जीवनको प्रप्ती पनि हो । आजसम्म विश्वमा फैलिएका संक्रामक रोगबाट मर्ने मानिसहरुको आकडामा कमजोर स्वस्थ भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरु नै मरिरहेका छन् । यसमा धेरै केटाकेटी र बुढाबुढी अनि शरीरमा कुनै रोग भएका अथवा रोगी मानिस नै पर्ने गरेका छन् । त्यसैले रोग बाट बच्दै स्वस्थ रहन सक्नु भनेको अकालमा यस्ता खाले संक्रामक रोगबाट बच्नु पनि हो ।
सन्तुलित आहारमा के के पर्छ या कस्तो मिश्रण भएको खानेकुरा खाँदा सन्तुलित हुन्छ त । सन्तुलित आहारका स्रोत हामी दैनिक खाइरहेका हुन्छौ । चामल, दाल गहु मकै कोदो फापर दुध दही माछा मासु फलफल अदि नै सन्तुलित आहाराका स्रोत हुन् । मात्र हामीले मिलाएर समय समयमा सेवन गर्नु पर्ने हुन्छ । अर्को महत्वपूर्ण कुरा काम, उमेर र आश्यकताका आधारमा सन्तुलित भोजनको सेवन गर्नुपर्छ । जस्तै कडा परिश्रम गर्नेले अरुको भन्दा धेरै अर्थात २७०० क्यालोरी प्राप्त हुने सम्मको खाना खानु पर्छ त्यसमा कार्बोहाइड्रेट बढी भएको खाना साथमा प्रोटिन भिटामीन पनि उत्तिकै आवश्यक हुन्छ । गर्भवती महिला र स्तनपान गराउने महिलालाई प्रेटिन भिटामीन र कार्बोहाइड्रेट प्रसस्त भएको खाना खान दिनुपर्छ । २५०० क्यालारी र त्यो भन्दा पनि धेरै लाग्न सक्छ । यसरी नै दिमागी काम गर्नेहरलाई पनि कार्बोहाइड्रेट र प्रसस्त भीटामिन पाइने खानेकुरा चाहिन्छ । यस्तै वढदै गरेका बालबालिकालाई प्रोटिन कार्बोहाइड्रेट र भिटामिन भएका खानेकुरा दिनुपर्छ । तर जुन खाना खाइन्छ । ती खानाहरु(अन्न तरकारी या फलफुल) सकेसम्म विषादी रहित, पच्न योग्य हुने गरी पकाइएको ताजा र सकेसम्म तातो खानु उपयुक्त हुन्छ । आजकल हामी आधुनिक हुन थालेका छौ । एक दिन पकाएर फ्रिजमा राखेर सातदिन सम्म निकाल्दै तताउदै या चिसै खाने गछौ । यो र यस्ता फ्रिजमा राखेका खानेकुरा पटक पटक तताउँदै राख्तै खानु या चिसै खानु भनेको मन्द विष खाए सरह हो । यसले शरीरमा रोग प्रतिरोधातमक क्षमता त घटाउँछ नै साथमा पाचन शक्ति पनि कमजोर बनाउँछ । हामीलाई लाग्छ हामी राम्रै खाना खाइरुहेका छै तर किन कमजोर या रोगी भएका भन्ने प्रश्न लिएर विरामी आउने गर्छन । यसरी नै बजारे खानेकुरा खाएर धेरै मानिसको रोग प्रतिरोध्त्मक क्षमता कमजोर त बनाएकै छ साँथमा घरका खानेकुरा मिठो नहुँने कुरा पनि छ । यसले झनै बजारे(फास्टफुड) खाने क्रम वढेसँगै शरीर पनि कमजोर अनि विभिन्न रोगका सिकार भएको भेटिन्छ । त्यसैले घरकै खानामा जोड गरौ । घिउ सक्खर मह फलफुल कागती च्याउँ आफु पनि खाऔ नानीहरु र बुढापाकालाई पनि ख्वाऔ र रोग प्रतिरोधातमक क्षमता वढाएर विभिन्न प्रकारका संक्रामक रोग लाग्न बाट बचौ र अरुलाइ पनि बचाऔ । डा. लेखनाथ न्यौपाने

Author

You may also like