काठमाडौं । सरकारले चैत महिनाको भाडा लिने घरधनीलाई कारबाही गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो ।
देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले आग्रह गर्नुभएको छ ।
.अर्थमन्त्री खतिवडाले घरधनीहरूले चैत महिनाकाे भाडा लिए कारबाही गरिने समेत बताए । उनले भने–‘सरकारले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ’ उहाँले भन्नुभयो, ‘ यो घरनीलाई सरकारले कर छुट गरेको छ ।
सरकारको निर्णय र आग्रह बेवास्ता गरे त्यस्ता धरधनीलाई सरकारकाे तर्फबाट कदम चाल्ने पनि खतिवडाले बताए ।
काेराेना संक्रमणका कारण समग्र देश लकडाउनमा रहेका बेला अायअार्जन नहुने भएकाले उनीहरूकाे राहतका लागि सरकारले यस्ताे कदम चालेकाे हाे ।