देश–समाज समाचार स्थानीय

योजना माग गर्दै प्रधानमन्त्री र अन्य सम्बन्धित निकायको ध्यानाकर्षका लागि दमक नगरपालिकाको टोली संघीय राजधानीमा

दमक । औद्योगिक, पर्यटकीय र हरित नगर–स्वच्छ, सुरक्षित र समृद्ध नगर नारा सार्थक तुल्याउन विभिन्न योजनाका ठेली बेकेर भापाको दमक नगरपालिकाको प्रतिनिधिमण्डल संघीय राजधानी पुगेको छ । दमक नगरपालिका नगरप्रम्ख राम थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, पूर्व उपप्रमुख तथा राष्ट्रिय योजना आयोग सदस्य गीता अधिकारी, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई, नेकपा माओवादी केन्द्रका नेता गगन पुरीसहितको टोली विभिन्न निकायसँग समन्वय गर्दै योजना र बजेट सुनिश्चितताको लागि दौडधुपमा रहेका छन् । उक्त टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेटघाट गरेर दमकका समस्या, योजना, प्राथमिकता र बजेटको सुनिश्चितताका सम्बन्धी कुराकानीसहित ध्यानाकर्षण गराएको छ । दमकका ती योजनाहरुलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको नगरप्रमुख राम थापाले जानकारी गराए ।


दमकको सो टोलीले उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे लगायत सरकारका उच्च अधिकारीहरुसँग भेटेर महत्वपूर्ण र दिर्घकालिन महत्वका योजनाहरु अघि सारेको उपप्रमुख ररेगिना भट्टराई प्रसाईले बताएकी छन् ।
सो टोलीले दमक अस्पतालको स्तरोन्नती गर्दै ३०० शैयाको अस्पताल बनाउने योजना, पशुहाटदेखि रवि चिसापानी सडक निर्माणको योजना, दमक बहुमुखी क्याम्पस, हिमालय माध्यमिक विद्यालय, ढुकुरपानी माध्यमिक विद्यालयको अधुरो भवन निर्माणलाई पूर्णता दिन, दमक २ मा निर्माणाधिन दमक वन वाटिका सौन्दर्यकरणको योजना, दमक सभाहलको व्यवस्थापन, रतुवा मावा नदी तटबन्धन लगायतका महत्वपूर्ण दीर्घकालिन महत्व राख्ने योजनाहरुलाई सरकारको आगामी बजेट तथा कार्यक्रममा पारिदिन वा राख्न ध्यानाकर्षण गराएको नगरप्रमुख थापाले बताए।


प्रधानमन्त्री ओली स्वयं यस क्षेत्रको आवश्यकता र योजनाहरुको बारेमा जानकार भएकाले प्राथमिकताका आधारमा आगामी दिनमा योजना तथा कार्यक्रमहरु तय गरिने संकेत मिलेको उपप्रमुख भट्टराईले बताइन् ।

Author

Author

You may also like