- –: नकुल काजी :–
सन्त नेता कृष्णप्रसाद भट्टराई नेतृत्वकाे सरकारकाललाई अपवादकाे थान्काेमा राखेर, प्रजातन्त्राेत्तर विकसित समय-परिस्थितिकाे क्रममा अहिलेकाे सरकारकालसम्मका शासकीय गतिविधिलाई यथार्थकाे धरातलमा हेर्ने हाे भने, याे वा त्याे तरिकाबाट, देशमा चलेकाे सत्तादलीय अङ्कुसहीन कमाउकान्ते स्वेच्छाचारिताकाे बाँकट्टे नदेख्नु, सबै कित्ता-तप्काका नागरिकका प्रति र स्वयम् याे भूगाेलबन्दी देशका प्रति झन घनघाेर अन्याय हुनेछ । अतः २०४६ सालकाे परिवर्तनपछिका विगत ३५ वर्षहरूमा याे देशकाे शासनसत्ताकाे रिले दाैढमा भित्री शक्तिकेन्द्रहरू र नेपथ्यका बाहिरी शक्तिद्वारा प्रायाेजित र निर्देशित तीन दलका नेताका उफ्रीपाफ्री याे वर्तमानकाे कहालीलाग्दाे दुर्भाग्य बनेकाे छ । याे ३५ वर्षमा ‘सहाेदर नेपाली प्राकृत मानसिकता’-मा बाँच्न मात्र जानेका सीधा-सादा नागरिकलाई ‘परिवर्तित शासन तन्त्र’ नामे किल्भिस शैलीकाे ‘जादूमन्त्र’-ले लट्याएर राज्यशक्तिमा पुगेका कस-कसले के-कसरी ‘आफू’ र ‘आफ्ना’-काे मनचाहे उदरपूर्ति गर्न भ्याएका छैनन् ? यस्ताे कटु यथार्थ आच्छादित चित्रलाई स्निग्ध एवम् इमानदार शब्द र अक्षरले निर्भय भई आँक्ने हाे भने याे वर्तमानकाे जस्ताे निसासिने वातावरण उत्सर्जन गर्ने भजन-भाष्यकाे छाेपाे ओडेकाे ‘प्रजातन्त्र‘ वा ‘लाेकतन्त्र’ ‘संघीय लाेकतान्त्रिक गणतन्त्र‘ उपभाेग गर्नु परिरहेकाे तिताे अनुभूति देश र देशवासीलाई कसाे भइरहेकाे नहाेला ? स्वार्थकाे तकाजामा यस्ताे भयावह बनाइएकाे ‘तन्त्र’-लाई अनेक बहानामा वा करकापमा परेर कहालिँदै गन्गनाइरहनुकाे कुनै सार्थकता छैन । सट्टामा बरु, विश्वका यदाकदा यस्तै दशामा भाेगिरहेकाे देशकाे तत्कालीक व्यवस्थाकाे ‘अवस्था’-तिर चाेर ओैंलाे तिखार्दै, ग्रीसेली शब्द ‘क्लेप्टाेक्रेसी‘ (kleptocracy) अर्थात् ‘चाेरतन्त्र’ पैंचाे लिएर दाँतमा दलसिङ ढुङ्गाे चपाउँदै र भूकम्प, बाढी-पैह्राे, महामारी आदिका विपत्ति पर्खिँदै पटुका कस्नुकाे विकल्पहरू यस भूमिमा ओझेल पर्दै गएका त जाे छँदैछन् ,भूइँ नागरिकका निम्ति ! र, राजनीतिका बुख्याँचा बन्न अनेच्छुकहरूका निम्ति । आखिर देशका बहुसंख्यक नागरिकका हाल-साविककाे ओैडाहापूर्ण जीवन भाेगाइकाे वस्तुस्थिति याेभन्दा फरक के नै थियाे र पाे छ पनि !…
अझ सरल बाेधगम्य भाषामा केही वस्तुगत तथ्य र घटना-प्रसंग पनि जाेड्नुपर्दा – याे नितान्त वर्तमान नेपाल ‘नेपाल सरकार’-द्वारा हाेइन, शासकीय अभ्यासकाे ऐनामा हेर्दा सफासफी, ‘एमाले सरकार’-द्वारा शासित छ ।अर्थात्, नेपाली काङरेस पार्टीकाे भावी सत्तास्वार्थ सम्पाेषित नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी)-द्वारा शासित छ । ‘देश’-काे सक्कली परिभाषाका सबै अवयवकाे निर्देशक दस्तावेजमान्य ‘संविधान’-काे प्रस्तावनामै लेखिएका वाक्यहरू उद्धरण गर्दै भन्नलाई त ‘संघीय लाेकतान्त्रिक गणतन्त्र’ भनिन्छ तर शासनमा अङ्कुसहीन र नाङ्गाे पक्षपाती एकाधिपत्य एमालेकाे छ, जसकाे पृष्ठशक्ति बनेर महामना बीपी काेइराला जस्ता प्रजातन्त्र (लाेकतन्त्र)-का ‘अमर व्यास’-हरूबाट उपस्थापित पार्टी – नेपाली काङरेस सिद्धान्तका हकमा नसुहाउदाेगरी उभिएकाे छ !यी सब किन भनिएकाे भने, माैजूदा संघीय लाेकतान्त्रिक संविधानमा ‘सार्वभाैमसत्ता र राजकीयसत्ता जनतामा निहित छ’ भनिएकाे छ । तर, शासकीय व्यवहार बिल्कुलै विपरीत छ – जाे नेपाली काङरेसले देखी-देखी देखिरहेकाे प्रतीत हुँदैन । अर्थात् , शासन व्यवस्था एमाले पार्टीका सुप्रिमाेकाे .‘हुकुमी स्वरूप‘ बमाेजिम चल्न थालेकाे छ । संविधान, ऐन-कानून, नीति-विधि आदि-इत्यादिलाई उही अद्वितीय ‘हुकुम’-का र त्यसका अन्धाज्ञाकारहरूका गर्जनशील छायामा पार्न थालिएकाे छ ।
२३९ वर्षदेखि याे देशलाई कुलवंशीय खटनपटनमा
राख्ने परम्परा संश्लिष्ट ‘राजतन्त्र’-लाई अवराेपण गर्ने र प्रजातन्त्रकाे पुनर्जन्मकालपर्यन्तका सारा प्रतिबद्धताहरू राजनीति-निरपेक्ष नागरिक कित्तालाई अनुभूत नभइकनै याे व्यवस्थाले पछिल्लाे (लाेकतन्त्र-गणतन्त्रकाे आभ्यासिक संक्रमणकालयता) लगभग अठार वर्षकाे किशाेर वय पचाइसकेकाे छ । आम नागरिकमा उसबेला जाग्रत गराइएका आधारभूत आशा-अपेक्षाहरू, यस बीचमा देश-शासनकाे बागडाेर जतिवटा र जुन-जुन पार्टी वा पार्टी-गठबन्धनकाे सरकारले गुजारे, तिनले ‘सरकार टिकाउने जबरजस्ती’ र प्रतिपक्षमा रहनुपर्दा तिनैले ‘सत्ताप्राप्तिका गेजु-गुल्चे डेउढा टेढामेढा र कर्कश सिकन्जा फ्याँके । त्याे तानातान, लम्की र खाेचेहरूले नागरिक-जीवनका सराेकारका विषयहरूलाई सरेआम धाेकाका चट्टानमा थेचारे । परन्तु, उनीहरू आफू ‘रामे’-बाट ‘रामबाबु मालिक’ बने, ‘गरीबदास’-बाट भ्याएसम्मकाे उकालाे चढेर ‘धनीराम साहू’बने !यही चरम धाेकादारीकाे उक्लिँदाे पीडाद्वारा उद्बुद्ध र उत्सर्जित स्वाभाविक आवेगले नै भन्छ – याे देशकाे याे वर्तमानमा पनि शासन-प्रणालीलाई ‘प्रजातन्त्र’-काे रेशमी दाेसल्ला चिटिक्क ओडाइएर सम्मानित-अभिनन्दित राखिराखेकाे हाे कि ! – जसकाे अभ्यन्तर चाहिँ, यस्तै अवस्था भाेगिरहेकाे देशतिर ओैंल्याउँदै विश्व-राजनीतिका उपदेशकहरूले भन्ने गरेकाे ‘क्लेप्टाेक्रेसी’ जस्ताे हाेइन भनेर प्वाक्क भन्न नसकेर जिब्राे चपाइरहनु परेकाे हाे ! यद्यपि, यही ‘अवस्था’-काे काँडालु अनुभूतिकाे उत्पीडनले आज नेपालका कित्ता-कान्ला चिच्याउन थालेका छन् । अस्ति पाेखरातिरबाट पूर्व राजा ज्ञानेन्द्र राजधानी फर्किरहँदा देखिएकाे भीडमा जे-जति ‘राजा मान्ने‘ थिए, त्याेभन्दा ओैधी नै धेर संख्यामा वर्तमान लाेकतान्त्रिक गणतन्त्रमाथि घाेडा चढाइएकाे ‘क्लेप्टाेक्रेसी’-काे क्रूर दलन, दमन, षडयान्त्रिक थिचाेमिचाे, शाेषण र प्रताडनाले विष्फाेटक हदमा पुगेकाे आक्राेशले डाेहाेर्याकाहरू थिए । त्यसपछि अर्कातर्फ देखिएकाे त्रास र ताहुर-माउर अझ आश्चर्यकाे विषय बन्याे, पूर्व राजा र पूर्व राजतन्त्रतिर डर ढाक्ने ढाेलक बजाइयाे, आफ्नाे अनुहार ऐनामा हेर्ने सद्बुद्धि त्यस बिन्दुमा पनि पलाएन ! कस्ताे बिडम्बना ! याे नै त्यस घटनाकाे सादृश्य सत्य नै हाेइन र ? ‘हाेइन’ भन्ने काेसँग कुनै पक्ष-निरपेक्ष वा निष्पक्षतर्क हाेला त ??…
यहाँ उठान गरी बखानिइरहेकाे विषयका रेशाहरू मिहिनरूपमा केलाउन याे चाैंसठी वर्षदेखि कलम र कागजसँग खेलिआएकाे एकासी वर्षीय नेपाली
-बाट समेत सम्भव भएन ! झापा-घेराबारीतिरकाे कुनै बूढाे दाउरे, झापाकाे चारपाने गएका बेला, खैनी किन्ने दाेकान खाेज्दै त्यहाँस्थित स्थित भाटभटिनी (डिपार्टमेन्टल स्टाेर)-मा पसेर अलमल्ल परेकाे जस्ताे भएकाे छ याे कलमकर्मी पनि प्रस्तुत विषय-प्रकरणकाे सामू ! समसामयिक इतिहासकाे पन्नामा आफ्नाे ‘दानवीर’ छवि छाप्ने हैसियतकाे साेपान टेक्न समर्थ मीनबहादुर गुरुङ वा याे सानाे, विपन्न र निर्बल देशकाे नेपाली भइरहनुभन्दा इण्डिया जस्ताे ‘विशालता’-काे दम्भले ‘महान’ देशकाे ‘दत्तक-पुत्र‘ हुनु उचित र लाभप्रद ठान्ने माैजूदा सरकारका मन्त्री दिपक खँडकाहरूकाे जस्ताे आँटकाे गाँठ कमाउने ठाउँमा नपुगेकाे मान्छेले देशकाे शासक-खाेरका ठूलाठालाले याे समयमा चलिरहेर देश र देशवासीलाई छलिरहेकाहरूका विषयहरूका बारेमा ‘कुहिएकाे माछा झैं चम्किला कुरा‘ भन्ने टुक्का के हाँकिरहनु ! त्यस्ता चखिला र उही ग्रीसेली ‘क्लेप्टाेक्रेसी’ शब्दका असली प्रयाेक्ता भइखाइरहनु भएकाहरू नै अनगिन्ती भइसकेका छन् । ‘एक गाँसकाे ७० कराेड’-ले ‘सेलिब्रेटी’ बनेका गाेकुल बाँस्काेटाहरू, प्रकार-प्रकारका अवतारी विष्णु पाैडेलहरू लगायत धनराज गुरुङहरू, ऋषिकेश पाेखरेलहरू, ‘वैदिक तपाेभूमि’भनेर शास्त्र-सम्मानित याे देशमा सरकारले वेश्यालय खाेल्नुपर्छ र पर्यटक आकर्षण गरी याैन-व्यापारबाट राजस्व समृद्ध बनाउनुपर्छ भन्ने याेजनाका माननीय संस्थापक-प्रस्तावक एवम् देशकै जेठाे पार्टी काङरेसका प्रमुख सचेतक श्याम घिमिरेहरू अथवा म्याग्दी (बेनी)-स्थित कस्तुरी सहकारीकाे रु. ४८ कराेड सरेआम हिनामिना गरेर एमालेकाे बिल्लाले कानूनकाे तेजाेबध गर्दै डुक्रिहिंड्ने छुट पाइरहेका राजेस शाक्य जस्ताहरूका छेउमा अरूहरूले किन अझ बढ्ता पचमुख्याइँ गरिरहनु परेकाे छ र ? के फरक पर्छ भनेर पितुर्क्याइँ गरिरहनु ? अहिलेकाे हकमा ‘चूपचाप बाह्र आना, हल्ला गरे चार आना’ उखानलाई नै साेच-सूत्र बनाएर बस्नै बेस हाेला । हाेइन, त्यति ज्यानले पनि भ्याउँदैनन् भने संवैधानिक व्यवस्था बमाेजिम काठमाडाैंका नेवार जातीय महिलाकाे प्रतिनिधित्व हुनपर्ने ठाउँमा आफ्ना पत्नी-गृहिणीहरूलाई स्थापित गराउन देशका कता-कताबाट एकाधिपतिनेर पुगेर शक्तिकाे भक्तिले, महाभारत-कथाका ‘शिखण्डी’ जस्तै बनेका, दुई बाहुनपुत्र शंकर पाेखरेल र ईश्वर पाेखरेलहरू संविधानकाे सर्वाेपरि सम्मान र नैतिकताकाे पाठ घाेकाउँदै हिँडिरहेकै छन् क्यारे । अझ जनशक्ति पुगेन भनेर हाेला अर्का बाहुन बामदेव गाैतमले पनि लिम्बू महिलाकाे समानुपातिक काेटामा आफ्नी पत्नीलाई मनाेनीत गराए र त्यस प्राप्तिले पल्केकाे जिब्राे चलाएर ‘व्यवस्था’-काे वकालत बरकरार राखेकै छन् । फेरि पनि जनशक्ति अपुग भए – मधिसे महिलाकाे समानुपातिक काेटामा खुद सरकारी पार्टी र सत्तारुढ पार्टी ( जस्ताे हाल काङरेस) जम्मै मिलेर, खाली पाइतालाले कहिल्यै पृथ्वीसम्म नटेकेकी मारवाडी महिला राज्यलक्ष्मी गाेल्छालाई मधिसे महिलाकाे समानुपातिक काेटामा सांसद बनाउने सरकारी नेताहरूकै पनि बगाल-बगालै छँदैछन् । अझ पनि पुगेन भने वर्तमान सरकारमाथि चढेर चिरुवादार (सइस)-काे भूमिकामा मगनमस्त शेरबहादुर देउवा नै पनि छन्, जसले त झन दुर्गमका पछाडि परेका महिलाकाे समानुपातिक काेटामा राणाकालीन एक श्री ३ की नातिनी काठमाडाैं निवासी आफ्नी पत्नी आरजु राणालाई नै मनाेनीत गराई आरामसँग परराष्ट्र मन्त्री बनाएर विदेशका नवाबी भ्रमण गराइरहेकै छन् । आज स्वदेशी नश्लका नेपाली पाखुरेहरूकाे देशमा दुर्भिक्ष हुँदाकाे दाेष अरूहरूमाथि थाेपर्दै गाेहीकाे आँसु काड्न उद्यत उनै माधव नेपालहरू पनि छन् – जसले गत निर्वाचनकाे प्रचारकालमा ‘फ्री भिसा-फ्री टिकट’-काे प्रलाेभन, डँडेलधुरामा जस्तै राैतहटमा पनि, व्यापक छरेका थिए । अतः उनीहरू सबले भाषणमा ‘डेमाेक्रेसी’-लाई ‘ता-थै-थै ! त-थै-थै ! …गरेर हुर्काइरहेकै छाैं’ भनिरहेकै छन् , चाहे त्याे ‘डेमाेक्रेसी’ अभ्यासकाे धरातलमा बाहिरी जामा फुकालेर ‘क्लेप्टाेक्रेसी’-काे नृत्य नाचिरहेकाे नै किन नहाेस् ।…यी यावत ‘अवस्था’-लाई समग्रतामा संश्लेषण गरिरहँदा यस्ताे धुमधाम चलिरहेकाे समय-सालमा ‘केही भयाे‘ भनूँ भने किन सफासफी झुट्टा बाेल्नु ! लाै न त ‘केही नै भएन’ भनूँ भने वर्णनासाध्य ‘नहुनपर्ने’ भइरहेकाे छ – त्याे पनि कसरी ढाँट्नु !! यस्ताे अन्याेलकाे निष्पट अँध्याराेमा किन ढुङ्गा हानिरहने ? त्यसैले आजलाई बस्, यत्ति नै मात्र ।…
