सुरक्षा

बानेश्वरबाट दुई महिलासहित १० जुवाडे पक्राउ

काठमाडौं, काठमाडौंको बानेश्वर संगम चोकबाट दुई महिलासहित १० जुवाडे पक्राउ परेका छन् । बुधबार साँझ महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट एक लाख २३ हजार ८ सय ३५ रुपैयाँ समेत बरामत गरेको छ । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

You may also like