देश–समाज

चाँगुनारायण नगरपालिकालाई नेपालकै प्रथम योगमय नगरपालिका बनाउने प्रमुख मिश्रको प्रतिबद्धता

भक्तपुर, पातञ्जल योग चाँगुनगर समिति भक्तपुरले योग साधकहरुको व्यापक उपस्थितिका विच राजकुमार खत्रीको नेतृत्वमा ९ सदस्यीय राधाकृष्ण योग साधना केन्द्र व्यवस्थापन समिति सर्वसम्मत चयन जिल्लाभर साधना केन्द्र विस्तारमा तिब्रता दिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं ५ र ६ छालिङ्ग र बागेश्वरीको सिमानामा पर्ने राधाकृष्ण मन्दिर प्राङ्गणमा सञ्चालित योग साधना केन्द्र व्यवस्थापन समिति भित्र उपाध्यक्षमा पवित्रा तिमल्सिना,सचिवमा बसुधा लामिछाने,सहसचिवमा सुशिला लामिछाने,कोषाध्यक्षमा संगिता केसी,सदस्यहरुमा नेपाल प्रहरीका एस एस पी हरिकृष्ण गिरि, शिव लामिछाने,अशिष नेपाली,लक्ष्मी लामिछाने,अनिता फैजु,धु्रव भण्डारी,सुमन खत्री रहेका छन ।

त्यसैगरि सोहि कार्यक्रमका विच पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य गीता प्रसाद नेपालको संयोजकत्वमा प्रदिप तिमल्सिना,शालिकराम लामिछाने,राजु अधिकारी,नहकुल लामिछाने रहेको सल्लाहाकार समिति समेत गठन गरेको छ ।

त्यसैगरि चाँगुनारायण नगरपालिका वडा नं २ स्थित राधाकृष्ण सत्सङ्ग भवन प्राङ्गणमा ७ दिने निःशुल्क योग विज्ञान शिविरको पनि सञ्चालन गरिएको छ । झण्डै २ सयभन्दा बढी योग साधकहरुको उपस्थिति रहेको योग शिविरको उदघाटन गर्नु हुँदै चाँगुनारायण नगरपालिका प्रमुख सोम प्रसाद मिश्रले समृद्ध चाँगुनारायण बनाउन योग कोशेढुङ्गा सावित हुने बताउदै चाँगुनारायण नगरपालिकालाई नेपालकै प्रथम योगमय नगरपालिका बनाउने तर्फ कार्ययोजना बनाइ अगाडि बढिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै मिश्रले नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक भवनहरुलाई योग शेल्टरको रुपमा प्रयोग गर्न सकिने हुँदा सो अनुसार समन्वय र सहकार्य गरि योगजागरण अभियान सञ्चालन गर्न पातञ्जल योग समितिलाई आहवान समेत गर्नुभयो ।

सो शिविर सञ्चालनको निमित्त कल्पना सिंह मल्ल ठकुरीको नेतृत्वमा उमा दवाडी,दुर्गा थापा,दुर्गा न्यौपाने,सुरक्षा मल्ल ठकुरी,गीता थापा,पार्वती न्यौपाने,माधव न्यौपाने,राममाया रानामगर रहेको शिविर व्यवस्थापन समिति समेत गठन गरिएको जिल्ला सचिव श्रृजनामल्ल ठकुरीले अवगत गराउनु भयो ।

कार्यक्रमकै विच योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले नेपाल वैदिक र पौराणिक कालदेखिनै पूर्वीय दर्शन,धर्मपरम्परा,संस्कार र सँस्कृतिद्धारा ओतप्रोत र निर्देशित भएको उल्लेख गर्दै देवपरम्परा,ऋषिपरम्परा र वैदिक संस्कृतिद्धारा सिचिंत यो तपोभूमिमा उक्त परम्परा र सँस्कृतिलाई जिवन्त राख्न विभिन्न कालखण्डमा योगदान गर्नुभएका गुरु दत्तात्रय,गुरु गोरखनाथ,गुरु मच्छेन्द्रनाथ,भगवान गौतम बुद्ध लगायतको योगदानलाई कसैले पनि भुल्न नहुने विषयमा आफ्नो प्रष्ट धारणा राख्नु भएको थियो ।

पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले पातञ्जल योग समिति नेपाल आफ्नो ऋषिकालीन परम्परा र मौलिकतालाई बचाउदै आफ्नो भाषा,राम्रो संस्कार,संस्कृत र मूल्य मान्यतालाई कायम राख्दै अगाडि बढिरहेकोले यस महानअभियानमा सरिक हुन देशभरका सम्पुर्ण योग प्रेमीजनहरु समक्ष आहवान गर्नु भएको छ ।

त्यसैगरि कार्यक्रमका विच बाल सन्त नागबाबा कल्याणपुरी महाराज, पातञ्जल योग समिति नेपालका केन्द्रिय कोषाध्यक्ष जानुकादेवी भट्टाराई,केन्द्रिय सदस्य योग प्रसाद आचार्य,केन्द्रिय सदस्य राममणी न्यौपाने,केन्द्रिय सदस्य दिपक प्रसाद नेपाल,केन्द्रिय सदस्य गीता प्रसाद नेपाल,केन्द्रिय सदस्य शुसिला श्रेष्ठ,केन्द्रिय सदस्य रज्जु सापकोटा,केन्द्रिय सल्लाहाकार संयोजक होमनाथ गौतम,सल्लाहकार सदस्य लिला नाथ निरौला,राधाकृष्ण सत्सङ्ग भवन समिति दुवाकोटका अध्यक्ष शकंर केसी,पातञ्जल भक्तपुर जिल्ला उपाध्यक्ष बुद्धलक्ष्मी त्वायना,जिल्ला सह–सचिव श्रृजना मल्ल ठकुरी, जिल्ला कोषाध्यक्ष रन्जिता न्यौपान,जिल्ला सदस्य शुरेस थापा,जिल्ला सदस्य उमेशमान मधिकर्मी,जिल्ला सदस्य केदार काफ्ले,चाँगु नगर अध्यक्ष सुर्वण न्यौपाने,सूर्यनगर समिति अध्यक्ष मोहनकृष्ण श्रेष्ठ,मध्यपुरनगर समिति अध्यक्ष निर्जना उदास,भक्तपुर नगर अध्यक्ष बालकृष्ण प्रधान,चाँगु नगर सल्लहाकार संयोजक किरणमल्ल ठकुरी,वरिष्ठ कार्यक्रम प्रस्तोता यादव अधिकारी लगायतका वक्ताहरुले वर्तमान समयमा योगको महत्वको विषयमा चर्चा गर्नु भएको थियो ।

Author

You may also like