प्रवास

एनआरएन आईसीसी महिला संयोजकमा प्रमिला बस्नेतको उम्मेद्बारी

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेद्बारी दिने घोषणा गर्नुभएको छ । झण्डै २ दशकदेखी क्यानडामा कार्यरत एनआरएनए एनसीसी क्यानडाकी महिला संयोजक समेत रहनु भएकी बस्नेतले आगामी कार्यकालको लागि महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले आफु एनआरएन ‘मुभमेन्ट’ मा लागेको मात्र डेढ दशक भएको बताउँदै अब विश्व व्यापीरुपमा लाग्न महिला संयोजकको पदमा उम्मेद्वारी दिने निर्णय गरि सोही अनुरुपको तयारीमा जुट्ने बताउनु भएको छ । विश्वभर छरिएर रहेका सबै प्रवासी नेपाली महिलाहरुलाई एनआरएनएप्रतिको अपनवत्व जगाउँदै थप सक्रिय, उर्जाशील र जिम्मेवार बनाउने योजनामा आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता सहित वस्नेतले उम्मेद्वारी घोषणा गर्नु भएको हो ।

बस्नेतले नेपालमा रहँदा सरकारी विद्यालयमा १२ बर्ष शिक्षण पेशामा संलग्न रहँदै बलकोट विकास समाज भक्तपुरमा महिलाहरुलाई आयआर्जन र सीप विकास सिलाईबुनाई कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उहाँले सन् १९९२–१९९७ सम्म नेपाल जर्मन स्वयमसेवक आवतजावत भ्रमण कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

बस्नेतले विदेशमा बिचल्लीमा परेका महिलाहरुको उद्धारका लागि ठूलो भूमिका निभाउनु भएको छ । भक्तपुर निवासी बस्नेत प्रवासी महिलाहरुको आवाज उठाउँदै नेपालमा पनि गरिव अशाय तथा विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आउनु भएको छ ।

Author

You may also like