काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।
दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिनुभयो । प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने अधिकारीले जानकारी दिनुभयो ।
सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका प्रधानमन्त्री ओलीले आफ्नो उपचार तथा सरकारको पछिल्लो समयमा भएका समसामयीक गतिविधिको बारेमा पनि सदनलाई जानकारी गराउनु हुनेछ ।