समाचार

३३ किलो सुन प्रकरण : ‘गोरे’सहित ६ जनालाई जन्मकैद

काठमाडौँ /   ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा ८ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।

८ जना मध्ये मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

उनीहरुलाई सुन तस्करी र सनम शाक्य हत्या, अपहरण तथा शरीर बन्धकमा सजाय तोकिएको उनले जानकारी दिए ।​ अरू दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको उनले जानकारी दिए ।

You may also like