मनोरञ्जन

नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर रिलिज (भिडियोसहित)

काठमाडौं, नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर रिलिज भएको छ । नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर रिलिज भएको हो । चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ ।

चलचित्रमा युवा संगीतकार बबुल गिरीको संगित रहेको छ भन् चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वंय थापाले गरेकी हुन् । सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको रहेको छ । चलचित्र कात्तिक १ गतेदेखि प्रदर्शन हुने छ ।

Author

You may also like