काठमाडौँ, नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको स्वर रहेको ‘पिलाएर नशा’ बोलको गीत सार्वजनिक भएको छ ।निकेश खड्काले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका बर्षा राउत र रन्जित पौडेलको अभिनय रहेको छ ।
भिडियोमा बुद्ध थापाको छायांकन, अर्जुन पौडेलको संगीत, विकास दाहालले सम्पादन गरेका छन भने सुबोल थापाको कोरियोग्राफी रहेको छ ।