खेल

युइएफए च्याम्पियन लिग : भ्यालेन्सियासँग चेल्सी पराजित

काठमाडौं, युइएफए च्याम्पियन लिग फुटबलमा इंग्लिस क्लब चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासँग पराजित भएको छ । मंगलबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भएको हो ।

भ्यालेन्सियाका लागि रोड्रिगोले निर्णायक गोल गरे । खेलको ७४ औं मिनेटमा रोड्रिगोले निर्णायक गोल गरे । ८७ औं मिनेटमा चेल्सीले खेललाई बराबरी गर्ने अवसर पाएको थियो । रस बार्कलीको पेनाल्टी प्रहार क्रसबारमा लाग्दै बाहिरिएपछि चेल्सीले बराबरी गर्ने अवसर खेर गयो ।

जितसँगै भ्यालेन्सियाले समूह ‘एच’ मा महत्वपुर्ण ३ अंक जोडेको छ भने चेल्सी अंकविहीन छ ।

You may also like