खेल

टी–ट्वान्टी क्रिकेट सिरिजः नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गर्दै

काठमाडौं, पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम बिहिबार ओमान प्रस्थान गर्दै छन् । जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्न सि‌गापुरमा रहेको नेपाली टिम आज उतैबाट ओमान जान लागेको हो ।नेपाली टिम सिंगापुरबाट दिउँसो ३ः१० बजे ओमान प्रस्थान गर्ने छ ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच सोज १८ देखि २३ सम्म प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

Author

You may also like