देश–समाज

 टेलिकम सेवा मुलुकको विकासको मेरुदण्ड हुनसक्छ : सञ्चारमन्त्री बाँस्कोटा

भक्तपुर , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको फोरजी सेवा र टेलिकम मुलुकको विकासको मेरुदण्ड भएको बताउनुभएको छ ।

सो सेवा शुभारम्म समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले जहाँ जनता जान्छन्, त्यहाँ टेलिकमको सेवा पुग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको बताउँदै फोरजी सेवा विस्तार हुनुले यस क्षेत्रमा टेलिकम प्रतिस्पर्धीभन्दा अगाडि रहेको पुनःपुष्टि भएको जनाउनुभयो ।

“यो सेवा र टेलिकम मुलुकको विकासको मेरुदण्ड हुनसक्छ । यसले खाली नाफाका लागि मात्रै काम गर्दैन । यो जनताको नासो हो ।”टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल ३२ जिल्लाका ५० शहरमा पुगेको यो सेवा क्रमशः मुलुकभर विस्तार हुने जनाउनुभयो ।

You may also like