संधै एउटा प्रश्न अनुत्तरित भएर आउँछः हामी पाका मान्छेहरूलाई हेरेर कि बच्चाहरूलाई हेरेर मुलुकमा योजना बनाउँछौं ? अर्थात्, कसका लागि योजना बनाएर अघि बढ्नु पर्ने हो शासकवर्गलेः बच्चाका लागि कि बृद्धहरूका लागि ? ती योजना कसले बनाउने हो? तिनको मनोविज्ञान कसले बुझिदिनु पर्ने होः युबाले कि बृद्धले ? यसमा धेरै अलमल देखिरहेको छु म अहिले ।
हाम्रो संस्कार अनुसार आमीले आपूmभन्दा सानालाई मायाँ र ठूलालाई सम्मान भनेर सिकेका छौं । तर यो पनि अमूर्त कुरा हो । मायाँ भनेको के हो ? तिनलाई एउटा मिठो ललीपप तिनका हातमा थमाउनु हो ? जिब्रो पड्काउने एउटा चिप्स किनिदिने हो ? बजारमा लगेर छान्न लगाएर फेन्सी लुगा किनिदिने हो ? वा कतै घुमाउन लगेर रमाइला ठाउँहरू घुमाउने हो ? के हो मायाँ भनेको ?
त्यो पनि थाहा छैन ? तर यस्तै यस्तै कर्मलाई हामीले ‘मायाँ’ भनेका छौं ।
अनि सम्मान भनेको के हो ? भेट्दैपिच्छे ननम गर्नु हो ? मन परेका एक जोर लुगा किनेर दिनु हो ? खान दिएर घरमा दिनभर कोठामा एक्लै छोडेर आपूm बाध्यताले काममा जानु के हो ? तिनलाई कुन अस्पतालमा उपचार गर्नु, कुन औषधी कतिबेला खुवाउनु, भात कस्तो पकाउनु, आफन्तजनसंग कहिले र कहाँ भेट गराउनु हो ?
यस्तै यस्तै कर्मलाई हामीले ‘सम्मान’ भनेका छौं ।
अनि हामीलाई थाहा छ, यो समाजले बच्चाको बारेमा सोच्दा ‘उँधो मायाँ’ भनेर गाली गरिन्छ । तर मायाँ कताः उँधो कि उँभो ? यो पनि थाहा छैन ।
खासमा मायाँ दुबैतिर चाहिन्छ । बुढो रूखलाई पनि संरक्षण चाहिन्छ । बिरूवालाई पनि संरक्षण चाहिन्छ । संरक्षणमा बढी खर्च कुनमा गर्ने ? किन गर्ने ? यसमा पनि ठूलो अलमल छ । र यो बहसको विषय बनेको छ आज संसारभर ।
अब तुलनात्मक रूपले हेर्दा पश्चिमाहरूको सोच अलिक फरक छ ।
सर्वप्रथम, बेलायती कवि अल्फ्रेड लर्ड टेनिसनको कविता ‘होम दे ब्रट ह वेरियर डेड’ (घर ल्याइयो उनको वीर पतिको पार्थिव शरीर) बाट विषयको उठान गर्न मन लाग्यो । टेनिसनको यो कविता २ सय बर्षदेखि सबैभन्दा धेरै पढिएको कविता पनि हो ।
के छ त यो कवितामा ? मैले नेपालीमा उल्था गरेर राखेको छु यहाँ । देशको योजना बनाउँदा कसलाई हेरेर बनाउने भन्ने एउटा सानो दृष्टान्त पनि हो, यो एउटा महान दस्ताबेज पनि हो राज्यको नीति बनाउनेहरूका लागि । कविता यस्तो छः
घर ल्याइयो उनको वीर पतिको पार्थिव शरीर,
न मूच्र्छित भइन् उनी, न निस्कियो कुनै चीत्कार ।
चारैतिर थिए सखीहरू, उनलाई नियाल्दै,
भन्थे– “रुनैपर्छ उनले, नत्र प्राणै जानेछ यसै ।”
त्यसपछि गरे तिनले वीरको प्रशंसा मृदु स्वरमा,
प्रेमील थिए उनी, गरे अनेकौँ गुणगान ।
परम मित्र, श्रेष्ठतम शत्रु, अद्वितीय साहसी,
तैपनि उनी न बोलिन्, न चलिन्, न देखाइन् कुनै भावसी ।
चुपचाप उठिन एक सखी आफ्नो स्थानबाट,
बढिन् बिस्तारै वीरको पार्थिव शरीरतिर ।
अनुहार ढाकेको सेतो वस्त्र हटाइदिइन्,
तर उनी न चलिन्, न आँखाबाट आँसु नै झारिन् ।
त्यसै बेला उठिन् नब्बे वर्षकी वृद्ध धाई,
उनको शिशुलाई राखिन् आफ्नै काखमा ल्याइ ।
ग्रीष्मको आकस्मिक आँधीझैँ आँसु बर्सिए उनमा–
“मेरो प्यारो शिशु! म बाँच्छु अब तिम्रै साथमा ।”
यस कविताले युद्धमा पति गुमाएकी एउटी नारीको गहिरो शोकको कथा पस्किएको छ । एउटी श्रीमतिले कतिसम्म आप्mनो पीडालाई कसरी सहन गर्न सक्छे भनेर देखाइएको छ । श्रीमान गुम्दाको त्यो पीडाभन्दा शक्तिशाली हुँदोरहेछ मातृत्वको भाव । पतिको मृत्युको खबरले उनी बाहिरबाट निःशब्द र भावशून्य देखिन्छिन् । आप्mना पतिको वीरताको प्रशंसा र मृत शरीरको दर्शनले समेत उनको आँसु झर्दैन । तर जब उनको शिशुलाई काखमा राखिन्छ, तब उनको हृदयमा थुनिएर रहेको दुःख आँसु भेल बनेर पोखिन्छ । र मातृत्व नै उनको जीवन बाँचिरहने आधार बन्छ ।
कुरा यत्ति हो ।
तर कुरा यत्ति होइन ।
ती महिलाले देखाएको ‘पुस्तावाद’ (जेनेरेसनिजम्) एउटा अदभूत चिन्तन र दृष्टान्त हो । यही पदावलीको अर्थ नबुझेर मान्छे आज पनि हल्का टिप्पणीमै आनन्द मनाइरहेका छन् ।
ती महिलाको जेनेरेसनिजम् (पुस्तावाद) एउटा बिम्ब हो । मिथक हो । विचार हो । आज देशको नीति निर्माणकर्ताहरूले, राजनीति खुब जान्दछौं भन्नेहरूले पनि पढ्नै पर्ने कविता हो यो । र लाग्छ, यी देश बनाउँछौं भनेर सिंहदरवार पस्नेहरू सबै यो कविताकी महिला हुन् । ती महिलाले सोचे जस्तै यी ‘सिंहदरवारवासी’ ले पनि देशको बारेमा सोच्दा, नीति निर्माण गर्दा कसलाई सम्झने हो भनेर एउटा बाटो देखाइदिएको छ यो कविताले । भविष्यको बारेमा सोच्नु, वर्तमानको बारेमा मात्रै होइन । भविष्य महत्वपूर्ण हुन्छ बर्तमानभन्दा पनि । तर हामी उल्टो गर्छौं । अगाडिको भाग मात्रै हेर्छाैं । ‘पछि त देखिजाला’ भन्ने उखानमा बाँचेको समाजले यो कवितालाई बुभ्mदैन । मान्दैन पनि । किनभने ती महिलालाई लाग्यो, जीवनको लागि भविष्य महत्वपूर्ण हुन्छ । अर्थात उनको बच्चो महत्वपूर्ण हुन्छ । त्यसको सुन्दर भविष्यमा मात्रै आप्mनो र परिवारको पनि सुन्दर भविष्य निर्माण हुन्छ ।
अहिले म देखिरहेको छु, पुराना दलका अतिनै पाका नेताहरू यो देशको उज्वल भविष्य आपैmले मात्रै कोर्न सक्ने, र अहिलेका युवाहरूले नसक्ने कुरा गर्छन् । तिनको लक्ष देशको भविष्य उज्वल बनाउने भन्दा पनि आपूm कुर्सीमा बस्ने र राज्यसंयन्त्रको दुरूपयोग गरेर कुर्सीमै मर्ने सपना पूरा गर्न नपाएर पानीविना छटपटिएको माछो भएका छन् । त्यही भएर जनादेश पाएको सरकारका बिरूद्धमा आन्दोलन गर्ने, सरकार ढाल्ने, तत्तासाफ पार्ने, नामनिशाना मेट्ने, गिराउने जस्ता अमर्यादित शब्दहरूमा रमाइरहेका छन् । अनि त्यसैमा आनन्दित हुन कार्यकर्ताहरूलाई बहकाइरहेका छन् । हरेक मानिसको मनोविज्ञान भनेको आप्mनो उमेरअनुसारको हुन्छ । त्यही मनोविज्ञानले उसको दिमागमा घर गरेको हुन्छ । अनि त्यही घरले उसलाई तत् तत्को कर्म गर्न प्रेरित गरिरहन्छ । अब प्रश्न उठ्छ, उसोभए युवाहरूको मनोविज्ञान युवाहरूले नै बुभ्mछन् कि पाकाहरूले ? देशमा पाकाहरूको लागि काम गर्नु पर्ने कि युवाहरूको लागि ? देश पाकाहरूले निर्माण गर्ने हो कि युवाहरूले ? परिवर्तन पाकाहरूलाई थाहा हुन्छ कि युवाहरूलाई ? भविष्य जिउने पाकाहरूले हो कि युवाहरूले ?
यस्ता अनेकौं प्रश्नहरू अनुत्तरित छन् । उदारण दिनेहरूले ट्रम्प, सि जिन पिन, नरेन्द्र मोदीको उदारण दिन्छन् । तर ती सबै अब बिदावारी हुने संघारमा छन् । तैपनि हामीलाई आनन्द छैन किनभने हाम्रा बयोबृद्ध नेता रिटायर्ड हुनेभए । अपवादमा यदि कुनै युवाले यो यथार्थलाई बदल्न खोजेभने तिनलाई गगन थापा बनाइदिन्छन्, जसको अहिले निद हराम भइरहेको छ पाका नेताहरूबाट ।
यहि भएर मैले टेनिसनको यो कविता मन पराएँ ।
– दमक