काठमाडौँ, ज्यान मुद्दामा फरार अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् । शनिबार राति साढे ८ बजे पर्सास्थित वीरगञ्ज महानगरपालिका–१२ का समिम अख्तरलाई प्रहरीले आफ्नै गाउँबाट पक्राउ गरेको हो ।
अख्तरलाई सर्वोच्च अदालतले २०५२ सालमा ज्यान मार्ने अभियोगमा ४ वर्ष ११ महिना १० दिन जेल सजाय तोकेको थियो । अदालतले कैद सजाय तोकेदेखि अख्तर फरार रहेका थिए ।