घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका अदालत बन्द

काठमाडौँ, असोज १२ गते घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका अदालत बन्द भएका छन् । विजयदशमीको अवसरमा घटस्थापनादेखि पूर्णिमासम्म देशैभरका न्यायालय बन्द हुने भएका हुन् ।

यद्यपि न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार विदामा पनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि भने सुनुवाई गर्नुपर्ने हुन्छ । जसका कारण यसपटक ७७ वटै जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत पनि शनिवारबाहेक खुल्ने छन् ।

Leave a Reply

Your email address will not be published.