‘भविष्यको आवाज सुनौं’ भन्ने मूल नाराका साथ आज नोभेम्बर २० का दिन देश तथा विदेशमा मनाईँदैछ ।
विगत ७ दशकदेखि मनाइँदै आएको अन्तर्राष्ट्रिय बालदिवसले पनि बालबालिकाको जीवनमा खासै फरक देखाउन सकेको देखिँदैन । अझै पनि लाखौं बालबालिकाहरु कुपोषणको शिकार भएका छन, हिंसाको शिकार भएका छन्, घरघरमा दूव्र्यवहारको शिकार भएका छन् । अशिक्षाको जंजिरबाट उम्किन सकिरहेका छैनन । उनीहरुको प्रतिभा देखाउने समथ्र्यका विषयवस्तुमा विश्व चुकिरहेको छ तर पनि त्यो बेला र यो बेलाका बालबालिकाको चेतन शक्ति भने बढेको छ र अहिले आएर बालबालिकाहरु आफै नै सचेतपूर्व आफ्ना हक र अधिकार रक्षाका लागि लड्न थालेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि, १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् । यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार तथा भावनाको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्यायलगायतका व्यवस्था छन् ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धि, १९८९ अनुमोदन गरेको ३३ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते उक्त महासन्धिलाई बिनाशर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो ।
महासन्धिका प्रावधानको कार्यान्वयनका लागि नेपालले संवैधानिक, कानुनी, नीतिगत, संरचनागत र कार्यक्रमगत व्यवस्था गरेको छ । सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था रहेका छन् ।
नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रुपमा लिइएको छ । धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था गरिएको छ । बालबालिकाको लागि विशिष्टीकृत ऐनको रुपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा छ ।
नेपालले उक्त महासन्धि कार्यान्वयन स्थितिको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा पेश गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकार समितिले नेपालको विगतका प्रतिवेदनमा दिएका समापन टिप्पणी तथा सुझावलाई नेपालले कार्यान्वयन समेत गर्दै आएको छ ।
बालबालिकाको अधिकार तथा हक, हितको संरक्षण र सम्बद्र्धनका लागि विशिष्टीकृत निकायको रुपमा राष्ट्रिय बाल अधिकार परिषद् क्रियाशील रहेको छ ।
परिषद्ले आफूलाई प्राप्त कार्यदेशबमोजिम बालबालिकासम्बन्धी कानुन, नीति र योजना निर्माणमा सहयोग तथा सहजीकरण एवं बाल अधिकार संरक्षण र प्रवर्द्धनको सिलसिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा बाल अधिकार संरक्षण र प्रवर्द्धनका विषय सम्बोधनका लागि संस्थागत संयन्त्रको व्यवस्था छन् । यस क्रममा सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय विकास साझेदार, नागरिक समाज, निजी क्षेत्रलगायतसँग समन्वय र सहकार्य गर्दै आएको छ ।
नेपाल पक्षधर भएका संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, १९७५, बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठका महासन्धिलगायतका घोषणा बालबालिकासँग सम्बन्धित छन् । तथापि, संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ नै बालबालिकासम्बन्धी मूल दस्ताबेजको रुपमा रहेको छ ।
संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई अनुमोदन गरेपछि नेपालले बालबालिकाको हक, हित र अधिकारको विषयलाई संविधान, कानुन, नीति, आवधिक योजना, संस्थागत संरचना, वार्षिक नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दैआएको छ । नेपालले उक्त महासन्धिलाई सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन घोषणा गरेको थियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मुलुकभर मनाउँदै आइरहेको छ ।
बालबालीकाहरुको हक, अधिकार माथी छलफल गरी उनिहरुको आधारभुत अधिकार समेत तोकिएको थियो ।
बालबालिकाहरु लाई मन नपराउने मान्छे सायदै होलान् । उनिहरुको निर्दोशपन, उनिहरुको मुस्कान, अनी उनीहरुको त्यो तोते बोलीमा फिदा नहुने मन्छे पनी सायदै होलान । कस्लाई बालबालिका सँग खेल्ने रहर नहोला र ? कस्लाई उनिहरुसँग रमाउने रहर नहोला र ? बालबालिकाहरु भोलीको देशका भविष्य हुन । भोली विश्व मै ठुला ठुला परिवर्तन, ठुला ठुला आविष्कार गरी संसारलाई रुपान्तरण गर्न सक्ने क्षमता भएका आजका अवोध प्राणी हुन । उनिहरुको हिफाजत गरी उनीहरुको शारीरीक, मानसिक, सामाजिक र शैक्षिक विकाशका लागी बिश्व भरीका देशहरु र प्रत्येक देशका प्रत्येक नागरिकहरुले आ–आफ्नो तर्फबाट आ–आफ्नो सहयोग पुर्यानु अपरीहार्य छ ।
अन्तराष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिसां र दुब्र्यबहारहरुको निराकरण गरी उनिहरुको व्यक्तीत्वको बिकाश नरोक्किने खालको सहज परीस्थितीको जगेडा गर्नु हो । संसारको जुनसुकै समुदाय वा जुनसुकै ठाऊँ होस् चाहे त्यो हामीले काम गर्ने कार्यालय होस् या त हामिले खाजा खाने होटल, चाहे हामी चढ्ने सार्वजनीक सवारी साधन होस् या त कुनै अपराधिक गतिबिधी नै या त कसैको घर भित्र नै ति प्रत्येक ठाऊँहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालीका हरुको दुरुपयोग गरी उनिहरुमाथी हिसां र दुर्ववहार भई राखेको नै हुन्छ । कतै हामीले प्रत्यक्ष रुपमा देखेका हुन्छौ भने कतै हामीले देखि देखि पनि बिचार पुर्याइ राखेको हुँदैनौ ।
बाल अधिकार
बाल अधिकार अन्तरगत बाच्न पाउने अधिकार, खान पाउने अधिकाार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षाको लगी अधिकार, स्वस्थ्यको लागी अधिकार, सुरक्षा र स्वतंत्रताको अधिकार, पहिचानको लागी अधिकार र खेल्न पाउने अधिकाार लगायतका अधिकार हरु पर्दछन । तर पनि कैयन बालबालिकाहरु को सामान्य रोगकै कारण बिवस भई अकालमै मृत्यु भईराखेको छ , कैयन बालबालिकाहरु शिक्षा बाट अझै पनी बञ्चित छन, खाना खान नपाएर कैयन बालबालीकाहरु कुपोषणको शिकार भईराखेका नै छन, द्धन्दको चपेटामा परेर कैयन बालबालीकाहरु शान्त बातावरणका लागी छटपटाई राखेका छन र यस्ता अन्य थुप्रै समस्याहरुबाट ती निर्दोश बालबालिकाहरु अनायासै जेलिएका छन ।
अन्तराष्टिूय बाल दिवसको अवसरमा विश्व भरी नै विभिन्न देशहरुमा विभिन्न राष्टिूय तथा अन्तराष्टिूय संघसंस्था हरुले सेमिनार, गोष्टि र विभिन्न खेलकुदका कार्यक्रम का साथै सृजनात्मक कार्यक्रमहरुको आयोजना गरी बालबालिकाहरु लाई मनोरञ्जन गराउने सकारात्मक प्रयास गरेका हुन्छन । जसले गर्दा बालबालिकाहरु ले आफ्नो सृजना र क्षमताको प्रदर्शन गर्ने अवसर पाउनुको साथै यस दिन धेरै राहत र खुसीको महशुस गर्ने गर्दछन ।
यसपाला को बिश्व बालअधिकार दिवसको नारा भनें सेभ द चिल्डूेन अनुसार बालबालिका बिरुद्ध को अपराध बन्द गरौं भन्ने रहेको छ ।सिरिया देखि लिविया हुँदै बिश्वका हरेक कुना कुनामा बालबालिका लाई यो वा त्यो ढगंमा बालअधिकार उल्लघंन गरिन्छ । यसपाला हाम्रो देशमा पनि अरु बर्षभन्दा धेरै नै बालबालिका बिरुद्धका अपराधका घटना अनि बालबालिका हराएका, बेपत्ता पारिएका र हत्या गरिएका लगायतका घटनाहरु सुनिएको अनि देखिएको छ । झापामा एकजना बालकको हत्या बिरुद्धमा उत्रिएको सर्वसाधरणहरु लाई दमन गरिएको घटनामा धेरै हताहती अनि मृत्यू सम्मका समाचार हामीले केही महिना अघि मात्रै थाहा पायौं । यस्ता धेरै घटना, नाम अनि परिवारको हिसाब किताब बाँकी छ, नेपालमा अझै पनि बालअधिकार हननका बिषयमा कडा भन्दा कडा कानुन र कार्यान्वयन पक्ष चुस्त हुन जरुरी छ ।
बालबालिकाहरु का लागी काम गर्ने थुप्रै राष्टिूय तथा अन्तराष्टिूय निकायहरु छन । ती निकायहरु सँगको तालमेलमा विश्वका प्रत्येक नागरीकले आ आफ्नो तर्फबाट सामाजिक, नैतीक, मानसिक वा आर्थिक तवरले साने सहयोग मात्र पनि गर्न सकेको खण्डमा थुप्रै बालबालिकाहरु ले फक्र्रिने अवसर प्राप्त गर्न सक्छन । बालबालिकाहरु को प्रत्येक अधिकारु सुनिश्चित गर्न हामि प्रत्येक देशका नागरीकहरु सक्षम हौँ । अन्तराष्टिूय बाल दिवसको उपलक्ष्यमा हामि सारा नेपालीको तर्फबाट यहि शुभकामना प्रत्येक बालबालिकाहरुमा । सबै बालबालिकाको जय होस ।

Author

You may also like