देश–समाज समाचार स्थानीय

सुतार कार्कीको बराहक्षेत्रमा नवनिर्मित भवनको उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

बराहक्षेत्र । सुतार कार्की कूलवंश प्रतिष्ठान बराहक्षेत्र–१ हरिद्धार चतराले प्रतिष्ठानको भवन उद्घाटनसहित दर्जनौंलाई सम्मान गरेको छ ।
कोशी प्रदेशका सभासद तथा पूर्व सामाजिक विकास तथा स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीको प्रमुख आतिथ्यता तथा सुतार कार्की सेवा समिति केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्की, कोशी प्रदेश अध्यक्ष खेम कार्की, प्रमुख सल्लाहकार कृष्ण बहदाुर कार्की, केन्द्रीय समिति सल्लाहकार ज्ञान बहादुर कार्कीको विशिष्ठ आतिथ्ता रहेको थियो । संस्थाका अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा आयोजित सो कार्यक्रम बराहक्षेत्र नगरपालिका वडा नं. १ का वडाअध्यक्ष इसान मगर, इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष रतन
(कैलाश) कार्की, उदयपुरका शिक्षाविद तथा सामाजिक अभियन्ता जनक कार्की, सुनसरी अध्यक्ष खगेन्द्र कार्की, दिपक कार्की, शेरबहदाुर कार्की, रोमनराज कार्की, काशी कार्की, चन्द्रबहादुर कार्की, दिलेन्द्र कार्की, राजेन्द्र कार्कीलगायत विभिन्न तह र तप्काका सुतार बन्धुहरुको आतिथ्यता रहेको थियो ।
संस्थाका महासचिव मनोज कार्कीले सञ्चालन गरेको सो कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि राजेन्द्र कार्कीले पानसमा बत्ति बालेर र प्रतिष्ठानको ब्यानर अनावरणसहित पढेर गरिएको थियो । प्रतिष्ठान उपाध्यक्ष कमला कार्कीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कार्यक्रमको औचित्यमाथि सल्लाहकार तथा सुनसरी अध्यक्ष खगेन्द्र कार्कीले प्रकाश पारेका थिए । प्रतिष्ठानका संस्थापक सल्लाहकार कृष्ण कार्की, ज्ञानेन्द्र कार्की, समर बहादुर कार्की, धन बहादुर कार्की, खगेन्द्र कार्की, दिपक कार्की, गंगा बहादुर कार्कीलाई सम्मान गरिएको थियो । यसै गरी कार्यक्रमबाट ज्येष्ठ नागरिक शेरबहादुर कार्कीसहित दर्जनौं सुतार कार्कीका इतिहास अभिभावकहरुलाई सम्मान गरिएको थियो । यसैगरी विभिन्न सरकारी ओहदामा बसेर काम गरिरहेका र अवकास प्राप्त व्यक्तिहरुलाई समेत सो कार्यक्रमबाट सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले सुतार कार्कीको हकहितका निम्ति झण्डै २ दशकसम्म आफ्नै बलबुताबाट देश तथा विदेशमा रहेका सुतार कार्की बन्धुहरुको घरघरमा पुगेर काम गरेको बताए । उनले सुतार कार्कीहरुको वंशावलीको ढण्डा देखाउँदै अब वंशावली तयारी अवस्थामा रहेको र सबैको वंशावली सहित तरिकाले अटाएको भन्न नसकेपनि एउटा आधार तयार भएको उनले बताए ।
यसैगरी यस अघि कोशी प्रदेशको मन्त्री रहँदै यहि स्थानमा आयोजित कार्यक्रममा यस भवनको लागि बोलेको तर त्यसबेला गर्न नसकेको प्रमुख अतिथि तथा कोशी प्रदेश सभासद तथा पूर्व मन्त्री राजेन्द्र कार्कीले बताए । उनले अब संस्थाको कानुनी प्रक्रिया पनि मिलिसकेको र अझै यस भवनको लागि गर्न सक्ने जति गरेरै छाड्ने प्रतिबद्धतासहित मंसिर महिनाको एक महिनाको तलब प्रतिष्ठानलाई उपलब्ध गराउने वचतबता समेत व्यक्त गरे । यसैगरी उदयपुरबाट जनक कार्की, कृष्ण कार्कीलगायत विभिन्न तहका सुतार कार्की बन्धुहरुले संस्था सञ्चालन र दाजुभाईको हकहितका विषयमा बोलेका थिए ।

Author

You may also like