देश–समाज राष्ट्रिय लेख

नेपाली राजनीतिमा परिपक्वताको खाँचो

नेपालीहरुको जनचाहना अनुसारको राजनीतिक परिपाटी नेपाली लोकतन्त्रको अभिष्ट र पहिचान बनेको छ । विश्वको बदलिँदो यथार्थसँग देशको अर्थतन्त्र र राजनीतिक दशा र दिशाका निर्धारणीय पक्षहरुबारे विमर्श गर्दा नेपालमा लोकतन्त्र राजनीतिक चेतनाको केन्द्रीय विषय वस्तुको रुपमा सर्वस्वकिार्य भए पनि लोकतन्त्रको गुणवत्ताको सवालमा चियोचर्चा गर्नेहरु बीच लामो तँ(तँ र म(म तथा वादविवाद हुने गरेको पाइन्छ । जनतालाई अधिकार सम्पन्न बनाउन देशलाई आर्थिक सशक्तिकरणको लागि तयार पार्न बहुलवादी राजनीतिकधारहरुलाई अझ पारदर्शी र न्यायसंगत रुपमा जनसमक्ष प्रस्तुत हुनु जरुरी छ । दशेको राजनीतिमा सुरुदेखि नै टाठा(बाठाहरुको बाहुल्य रहँदै आएको सन्दर्भमा संविधानमा विशेष व्यवस्था गरिएका जातजाती, समुदाय र वर्ग तथा क्षेत्रहरु रित्तिएको भाँडो बनेको देखिएका छन् । खास गरी सिमान्तकृत वर्ग र पहिचान विहिन गरिव बस्तीका अधिकांश नागरिकहरुका लाला(बालाहरुको लागि सरकार भनेको जनताको सेवा गर्ने सर्वोपरि राजनीतिक मञ्च नभएर सरकारमा विभिन्न पदहरु ओगटेर बसेका सम्भ्रान्तहरुको सर्वोच्च संस्था हो । देशका जनताको लागि सरकारले खान(पाउने, लाउने गरी चाँजोपाँजो मिलाउन नसकेर आफै हसुर्ने नीति आलोपालो गरी सरकार परिवर्तनसँगै बन्ने गरेकाले पीडित जनताहरु दूधको माखो भएका छन् । देशका जनतालाई रेडियो, टेलिभिजन र सञ्चार माध्यमहरुमा नेता र मन्त्रीहरुले बोल्ने गरेका आदर्श वाक्यहरु झुठो लाग्न थालेको छ । देशको उन्नति, प्रगति र शान्ति सुरक्षा बारे जनता अझै अशान्वित बन्न सकेका छैनन् ।
यथार्थमा सरकारसँग सरोकार राख्ने सिधा सवालहरुमा पटक पटक सरकरमा जाने दलहरुको आकार र आधारहरु खुम्चिँदै जानुको पछाडि रहेको जनअभिमतलाई सहजै अनुमान गर्न तथा बुझ्न सकिन्छ । नेपालमा स्थिरता र विकाससँगै आलोच्य बन्न पुगेका सरकारी कर्मचारीतन्त्र जहिले पनि जनताको जनआक्रोशको पात्र बनने गरेको देखिएको छ । सरकारी कामकाजमा सुधार हुने अपेक्षा सेवाग्राही जनतामा हुन्छ तर, सरकारको एउटा खुट्टा सरकारमा र अर्को खुट्टा प्रतिपक्षमा रहिरहेको हुनाले सरकारको मनभित्र आफ्नो सत्ता र स्वार्थलाई कति लम्ब्याउन सकिन्छ भन्ने कुराको मात्र ध्याउन्न रहेको हुन्छ । सरकार पल्टि नै सक्ने अवस्थामा पनि सरकारले आफ्नो बचाउ मात्र गरिरहँदा नेपाली जनतालार्य भेंडाबाख्रा बनाउने खेलको अन्तय चाहि हुन सकेको छैन ।
नेपालको इतिहासमा राजाहरुले पनि आफ्नो शक्ति र सत्तालाई बलियो बनाउन युद्धमाथि युद्ध थप्ने गर्दथे । लिगलिग कोटको सत्ता हतयाउन दौड प्रतियोगितामा द्रव्य साहले बल मिच्याई गरेर घलेहरुलाई उल्लु बनाउँदा त्यहाँको सत्ता आफ्नो हातमा लिएपछि स(साना राज्यहरु माथि खतराको घण्टी बज्न सुरु भईसकेको थियो । बाइसे र चौबिसे राज्यहरुसँग युद्ध जितेर साह वंशीय राजाहरु महाराजाको पदवी नै धारण गर्न पुगेका थिए । तर जनता चाहि रैती नै रहि रहने प्रचलनले गर्दा जनता अझ बढी दमन र अन्यायको शिकार बन्नु परेको थियो । राजा शासन र राणा शाही रहुञ्जेलसम्म राणा प्रधानमन्त्रीको रोलक्रम भाई भारदारमा जाने गरी स्वतः व्यवस्था मिलाइएको थियो । राणा प्रधानमन्त्री पद पनि नेपालको महाराजको पद जस्तै अति सम्मानित बपौती सम्पत्ति बन्न पुग्दा जनतालाई धेरै नै सास्ती भोग्नु परेको थियो । राणाहरु देशका शोषक र सामन्त भ एभनेर नेपाली कांग्रेस पार्टीले राणाहरुको विरुद्ध सशस्त्र संघर्षको बाटो रोज्दा पनि बीपी कोइरालाले देशमा राजनीतिक जागरण ल्याउनु बाहेक आर्थिक र राजनीतिक सुधारहरुको सवालमा सिन्को भाच्न पाएका थिएनन् । पञ्चायततन्त्र झन् दमन र शोषणको प्रतिक र लोकतन्त्र र राजनीतिक दलहरुको महाकाल शत्रु नै बन्न पुगेको थियो । २००७ साल, २०१७ साल, २०४६ साल, २०६३ साल सबै जनआन्दोलनको स्मृतिपटलको वर्ष रह्यो । जनताले राणा शाही, राजा शाही, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, गणतन्त्र, संघीय लोकतानित्रक गणतन्त्रसम्मको यात्रामा सिंह दरबारको सत्ता र शक्ति सन्तुलन फेरियो तर जनतालाई सार्वभौम र शक्ति सम्पन्न बनाउन सकिएन । जनताहरु सम्मानपूर्वक बाँच्न सकेन । गाउँ गाउँबाट उठेको न्यायको आवाज सिंहदरबारसम्म पुग्न सकेन । दशेका धनीहरु अझ धनी बने तर देशका गरिबहरुको थालमा पोषणयुक्त खाना पुग्न सकेन । गुणस्तरिय शिक्षाको अधिकार बालबालिकाहरुले पाउन सकेनन् ।
राजा ज्ञानेन्द्रको शासन कालमा ‘लोकतन्त्र’ दरबार कै खोपीमा पु¥याए । देशका वीर शहिदहरुले गरेका आत्मा बलिदानहरु लाई चुत्थो बनाउने प्रयास भयो । जनताको जनादेशबाट प्राप्त लोकतन्त्र र संसदीय व्यव्स्था वागमतीको पानीमा प्रवाहित गर्ने दुस्प्रयास गरियो । परिणाम स्वरुप गाउँ गाउँबाट उठेका नेपाली जनताहरुको प्रचण्ड हुँकारले समूल राजनन्त्रको नै समाप्ति भयो । राजतन्त्र र लोकतन्त्र सँगसँगै चल्न नसक्ने अवस्थामा राजतन्त्रलाई पाखा लगाएर लोकतन्त्रलाई काखी च्याप्ने कार्यमा राजनीतिक दलहरुले होस्ेमा हैंसे गरेपछि जनआन्दालनको दबाबबाट संघीय गणतन्त्रको स्थापना हुन पुग्यो । संघीय गणतन्त्रले नेपाली राजनीतिको दशा र दिशालाई परिवर्तन गर्न सफल भयो । तर संविधानमा लेखिएको लोकतन्त्रलाई अझ लोककल्याणकारी र अजम्बरी बनाउन अझ ठूलो बल, बुद्धि, विवेक र चातुर्यको आवश्यकता छ भन्ने कुरा विगतका वर्षहरुमा गरिएका राजनीतिक अभ्यासहरुको अध्ययनबाट थाहा पाउन सकिन्छ ।
नेपाली राजनीति अहिलेसम्म पनि दक्षिणपन्थी धारहरु र वामपन्थी विचारहरुबाट उत्प्रेरित छ । देशमा मध्यममार्गी राजनीतिको विकल्पको लागि वकालत गर्ने बौद्धिक राजनीतिककर्मीहरुले देशका आम जनताहरुले भोग्दै आएका समस्याहरु तथा जनगुनासाहरुलाई ठूलो स्वरमा प्रस्तुत गर्न सकिरहेको छैनन ।
नेपालको उत्तरी सिमानाका मित्र राष्टू चीन र दक्षिणी सिमानाका मित्र राष्टू भारत उस्तै प्रिय छ । दु्वै देशसँग समदुरीमा व्यवहार गर्ने विदेश नीति निर्धारण गरिएको छ । यस्तो खाले विदेश नीतिबाट नत चीन नै पूर्ण रुपमा आश्वस्त बन्न सकेको छ नत भारत नै पूर्ण रुपमा सन्तुष्ट बन्न सकेको छ । यस्तो अवस्था चीन र भारतमा भईरहेको तीव्र आर्थिक विकास, सामाजिक विकास तथा प्राविधिक विकासका लाभ नेपाललाई प्राप्त हुन सकिरहेको छ । चीन आज विश्वको दोस्रो अर्थव्यवस्था बनेको छ भने भारत विश्वको तेस्रो अर्थव्यवस्था बन्ने तयारीमा लागेको छ । नेपालका विदेश नीतिलाई नियाल्ने कुटठनीतिज्ञहरुले यस बारेमा मनन गर्नु जरुरी छ । नेपालको मनव स्रोत र जल साधन विश्वकै लागि पनि बहुपयोगी भईरहेको अवस्थामा त्यसबाट पर्याप्त लाभ लिन सक्ने गरी विदेश नीति निर्धारण गर्नु जरुरी छ । भारतको लोकतन्त्र दिन प्रतिदिन विश्वको लागि अनुकरणीय बन्दै गईरहेको छ भने चीनको अर्थतन्त्र विश्वलाई नै अचम्मित पार्ने गरी अगाडि बढिरहेको छ । नेपाल सानो छ, तर सुन्दर छ । प्राकृतिक विविधता र सौन्दर्यले परिपूर्ण छ । हिमाल, पहाड र तराईको विशाल फाँट विश्वका पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ । यसको बारेमा ध्यान पु¥याउनु जरुरी छ ।
नेपाल आज पनि पखेटाविहिन चरा जस्तै उड्न खोजिरहेको छ । नेपालको राजनीतिक वृत्तमा सरकार कति बेला ढल्ने हो भन्ने अड्कल बाजी छ । चेसको गोटी झै नेपाली राजनीतिका खेलाडीहरु खेलि आफु आफुलाई नै भज्याउने खेल खेल्न खोजिरहेका छन् । नेपालका सबै जसो राजनीतिक दलहरुमा देशको बागडोर सम्हाल्ने क्षमता भएको नेतृत्व तहत यारी अवस्थामा बसेका छन् । तर विडम्बना आज पनि देश भारत र चीनको गतिमा उड्न सकिरहेको छैन । भारत र चीन दुवै नेपालका सहयोगी भित्र राष्टू हुन, तर नेपाल यी दुवै देशहरुको आर्थिक र राजनीतिक शक्तिहरुलाई आफ्नो अनुकूल बनाउन सकिरहेको छैन । साँचो अर्थमा( काठमाडौं आज शान्त देखिन्छ तर काठमाडौंली जनताहरुको मनमा एउटा सरकारप्रति अत्यन्तै आक्रोस, सरकारको विरोधमा पलाईरहेको छ । सँधै प्राकृतिक संकटको मार व्यहोर्ने नेपालमा स्थिर सरकार, सुशासन र समन्वयवहार र पारदर्शिताको लागि जनता चिन्तित छन् । आज नेपालको ज्ञान, विज्ञान, कला, साहित्य, विचार, आर्थतन्त्र सबै पश्चानुगामी भएका छन् । देशलाई अधोगतितिर धकेल्ने राजनीतिक दलहरु किन आफ्नो जनताप्रतिको जिम्मेवारी निर्वाहन गर्न बाट उम्किन खोजेका छन भन्ने कुरामा सबैले चासो लिनु जरुरी छ ।

Author

You may also like