हिटलर । उनी आप्mनो वाक स्वभावलाई अति लोकपृय बनाउने भएका भू.पू. व्यक्तित्व थिए । जर्मनका एक साधारण सिपाहीबाट आप्mनो विचार मनसाय र वोलीलाई साँध्ने, तिखार्ने र प्रभावित बनाउने शिलशिलामा जीवनभर तल्लिन वनिरहे । उनलाई तिनताका सुनिदिने कोही पनि नहुँदा उनी पर्खाललाई, घरलाई, रुखलाई, पाल्तु वा अपाल्तु जनावरलाई, ढुङ्गा–चट्टानलाई आप्mनो भाषण सुनाउँथे । गज्जवको कुरा उनले आप्mनो संझेर माटो र पूmललाई केन्द्र बनाएर भाषण कहिले सुनाएनन् । शायद त्यसैले होला उनी पछि हिंस्रक बन्न पनि पुगे । वाक–शक्तिको विकास गरि आफु भाषणबाट प्रख्यात हुन चाहन्थे र साधना गरिरहे ।
जर्मनको एक सरकारी जागिर, एक राष्ट्र–सेवकबाट उनी सेना प्रमुख सम्म भए । वोल्नमा माहिर थिए, आप्mनो कर्ममा पनि ‘एट एनी कस्ट’ कार्य सम्पादनमा पनि उत्तिकै माहिर थिए । माहिर यस अर्थमाकि उनलाई त्यो वेला आप्mनो देशको राजनीतिक आर्थिक, धार्मिक वेमेलता र राज्य सञ्चालकले जनतामाथि थोपरेका वोझहरु, नीति र तर्जुमाका वेमेलहरु र राजनैतिक अस्तव्यस्थताका उकुस मुकुसले आफु चरमचुलीमा सल्वलाउन थालेपछि पागल जस्तै भई हरेक ठाउँमा भाषण ठोक्न थाल्थे । यसरी वोल्ने क्रममा उनी त्यही देशको राष्ट्रपति बन्न पुगे । राष्ट्र प्रमुख बन्ने क्रममा उनले धेरै धार्मिक, सांस्कृतिक आर्थिक र राजनैतिक द्वन्द गरे । यसै दौरानमा आपूm भन्दा आप्mनो राष्ट्रको हितमा होमिए र गर्न वाँकी काम केही राखेनन् र कालान्तरमा यस संसारको शक्तिशाली वक्ताको रुपमा तथा शक्तिशाली राजनेताको रुपमा स्थापित भएर शक्तिशाली सम्राटै वने । यो त्यागले नै आजको विकशित जर्मन वनेको हो ।
हिटलरले दायाँतिर हेरेर भाषण गर्दा त्यतातिरका जनता (श्रोतालाई) क्वाँ….. क्वाँ…. रुवाउन सक्थे र त्यही वाँयातिर हेरेर भाषण गर्दा दाँयातिरका जनतालाई तत्कालै हँसाउन सक्थे । उनको वोलीमा विचित्रको वाक–कला अदभुत वोलीले, मान्त्रिक वाक–कलाको शक्तिले सिपाहीबाट राष्ट्राध्यक्षसम्म वने ।
¨
भगवानले हाम्रो एक शास्त्रमा भनेका छन् – “मेरो यो वोलीको विद्वता ज्ञान र शक्ति मैले पहिलो पटक सूर्यलाई सुनाएको थिए ।” सूर्यलाई हामी यस व्रम्हाण्डको आराध्यदेव पनि मान्छौ र उ उज्यालोको सम्राट पनि हो । यो निर्जिव र नासवान छ भन्छ शास्त्र”। निर्जिवलाई यस्तो दिव्य ज्ञानको के सरोकार….?, किन दैवले उसलाई पहिले सुनाएको ….? हामी अचम्म मान्छौं । अचम्म यस अर्थमा कि…! सूर्यको उत्पति देखि आजसम्म हामी मान्छेलाई त्यो ज्ञान सूर्यले दिएको छैन, हामीले सुनेका छैनौं …। ईत्यादि कुराले हामीले ज्ञान प्राप्त गर्न पाएनौ भनि सूर्यसँग, दैवसँग गुनासो गरिरहन्छौ ।
यसरी गुनासो गर्ने ठाँउ नै छैन भनि म यस आलेखमा प्रस्तुत भइरहेको छु । यसरी प्रस्तुत भइरहँदा मलाई मेरो भगवान ( परमात्मा)ले गोपनियता खोलिस् भनें तिमी आपैm बर्बाद हँुनुपर्ला भनि मलाई पहिल्यै सचेत गराइसक्नु भएको भएतापनि म मानव तथा जीवको हितमा, प्रकृतिको लयमा लयवद्ध हुँन चाहन्छु । मेरो आदेशको पनि उलंघन गर्न चाहन्छु, मलाई जे सजाए भए पनि स्वीकार्न तयार छु । जीवको कल्याणार्थमा, वर्वाद हुन पनि राजी छु । अस्तु
¨
प्रकृति तथा पीण्ड, पानी वा पदार्थ, हावा वा होस (जागरुकता), माटो अर्थात मन, तल तथा आकाश आदि; यी सवैले प्रत्येक पल–पलमा दिव्य प्रवचन दिइरहेका छन् । उसको भाषा उही बुझछ, हामी वुझदैनौं । हाम्रो भाषा–वोली अर्कै छ, उसको लय र वोली अर्कै छ । उनको चाल, गतिविधि, ताल अदभुत छ, मौन छ, गतिशिल छ । समयको मेरुदण्डमा उ हिड्छ सबै परिवर्तन गरिदिने शक्ति उसँग छ । हामी बुझदैनौं । हामीमा यो बुझनेहरु लाखौमा पाँच÷दश जना मात्र छन् । बुझेकाहरुमा जीशश छन्, कृष्ण छन्, वुद्ध छन् अवतारिहरु छन्, पैगम्वर–महावीर छन् र छन् मुन्धुमी सिरिजङ्गा र फाल्गुनन्द–ओम नन्द छन् ।
अचम्म नमान्नोस महोदयहरु, उहाहरु आपैm जिवित छन् । जिवित यस अर्थमा कि., वहाहरुको काँचुली फेरिन्छ, आत्मीक मानसिक शुक्ष्म शरीर जिवित छ । हामी चैं मर्छांै र सम्पूर्ण लाश वन्छौं र घाटमा खरानी वन्छांै, शेष मात्र रहन्छौ ।
त्यसैगरि माटो, पानी, सूर्य, वायु र आकाश जिवित छ, मौन छ, गतिशिल र आप्mनै शक्तिले गर्दा यो सौर्यमण्डल सहित यो व्रम्हाण्ड चलेको छ । त्यसैले तपाईहरु र म पनि हाल जिवित छौं । हामी सबैको जीवन र मृत्यु यही सूर्यको हातमा छ र दैवको प्रवचन ( दिव्य ज्ञान ) सुन्ने पहिलो अधिकार सूर्यले मात्र बुझदथे । धन्यवाद ।
¨
यो हावा र पानीको मौनता तथा अधिवेहेरी, सामुद्रिक ज्वारभाटा र सुनामी अनि यो सूर्यको अँध्यारो उज्यालोको आगमन, यो माटाको उत्पत्ती र विनास यही आकाशभित्र हुने गर्छ । यसको सवै गति गणितीय सूत्रमा चल्छ । त्यसको रसायन विधि पनि उनीसँगै छ । हामी जीवहरुको मुस्कान ( पूmलको जस्तो ) र आँशु पनि उनैको हो । स्वास उनकै हातको धागो हो, चुडिएपछि जीवन समाप्त हुन्छ । यतिमात्र वुझिएपछि दैवले सूर्यलाई दिएको दिव्य ज्ञानको तरङ्गको किरणले हामीलाई छुन्छ र हामी उसको पथको यात्री वन्न सक्छौ र त्यो प्रवचनको ध्वनी सुन्छौ होला शायद ।
¨
मैले सुनेको छु ।
प्राचिनकालको कुरा हो, श्रृष्टिका समयको कुरा हो । प्रत्येक जिवले उसका इष्ट देवताको पूजा गर्थे । आज पनि यो चलन उल्टा–सुल्टा चलेको छ । फेशनमा छ । नगरी छोड्दैनन् । तर उ वेला मन्त्रोचारणद्वारा देवतालाई पुकारेर, आह्वान गरेर पूmलको विछ्यौनामा राखेर ती देव देवीको पूजा हुन्थ्यो । यस पूजाबाट कतिका परिवारलाई शक्ति–ज्ञान मिल्थ्यो र आराधना सफल थियो । तर यही मानव जव जंगली युगमा आईपुग्यो त्यही वेला जंगलमा आगलागी भएर जनावर डढेर, पोलिएर मरेपछि मान्छेले काँचो मासु भन्दा पोलेको मासुको स्वाद पाएपछि मान्छे मांसाहारी वन्यो । अनि उसले देवतालाई बलि भोगको आप्mनो नीजि चलन पनि चलायो । यो बलिमा मान्छेकै पनि जवरजस्त चलायो । पशु र पन्छीलाई वलि दिने सिम्पल सामग्री पनि वनायो आप्mनो मनोकांक्षा पूरा गर्न थालेको हो ।
यसो गर्दा अरु जीवको हत्या गरि रगतको भोग लगाउने चलन वनायो । त्यही रगतबाट दानवको उत्पति भएको शास्त्रको प्रमाण छ । जव जीव हत्या हुन थाल्यो त्यही वेला देखि नै आप्mना सन्तान (परिवारको) हत्या गर्ने भएपछि मन्त्रोच्चारणबाट वोलाई पूजामा वसालिएका देवी देवता उडेर आप्mनै स्थानमा गइहाले । हामी अहिले दानवको पूजा गरिरहेको जस्तो मलाई लाग्छ । अव देवालीको नाममा मंगोल तथा आर्यनले त्रिशाली मेला ( विसासयको वली चढाउने पाँचथर यासोकको विशेषत), भट्टराई, पोखरेल, ढकाल आदि थरिका तथा प्रत्येक ठाँउका आदिवासीले आप्mना चलन अनुसार यी भाषाविहिनका प्राणीको वली चढाई हत्या गर्ने प्रथाबाट हामीलाई के लाभ छ ……? मलाई बुझाइदिनु होला । मेरो शविनय अनुरोध छ । शेष फेरि । धन्यवाद
दमक

Author

You may also like