लेख विचार/वहस

गुलेली मट्याङ्ग्रा

      संस्थापक नेता प्रदिप नेपालहरुलाई हटाएर राज्यलक्ष्मी गोल्छाहरु एमालेमा माननीय हुनु शहिद दुर्गानन्द झा का परिवारहरुका ठाउँमा उमेश श्रेष्ठ, विनोद, बसन्त चौधरीहरु काँग्रेसका ठूला नेता बनाइनुले नेपाली राजनीतिको जय होस् भन्नु भन्दा अरु के नै पो गर्न सकिएला र । नेपाली निरीह जनताले यो अवस्थामा भनुँ भनूँ लागेको छ– तस्करवाद जिन्दावाद ! भन्न मिल्ला कि नमिल्ला ? बाहिर मुखले भन्न नमिले पनि सबै ठूलाबडाहरु तस्करकै दानापानीमै बाँचिरहेका छन् भनिन्छ नि ? कि यो कुरा झुटो हो त ?

==============

श्याम लम्साल

हानदार्शनिक एवं विचारक कार्ल माक्र्सले धर्मलाई अफिमको नसासँग तुलना गर्नु भएको छ । संसदलाई बुर्जुंवाहरुको गफ गर्ने थलोको रुपमा व्याख्या या भनौं परिभाषित गर्नु भएको रहेछ । अहिलेको राजनीति या भनौं राजनीतिक दल र तीनका गतिविधि हेर्दा उहाँको भनाई ठिक नै हुँदोरहेछ, सही कुरा बेलैमा देखेर सही अड्कल गर्ने क्षमता भएका रहेछन् बुढा मान्छे जस्तो लागेको छ । मलाई त, अहिले विचार एकातिर थन्क्याएर ठेकेदारवाद हावी गराइएको छ नेपाली राजनीतिमा । त्यागी, तपस्वी आस्था निष्ठा सिद्धान्तवानहरु पाखा लगाइएका छन् । तस्कर राजश्वमाराहरुलाई नेता बनाइएकाबाट यो युक्ति चरितार्थ भएकै छ भन्ने चर्चा पनि छ ।

–संस्थापक नेता प्रदिप नेपालहरुलाई हटाएर राज्यलक्ष्मी गोल्छाहरु एमालेमा माननीय हुनु शहिद दुर्गानन्द झा का परिवारहरुका ठाउँमा उमेश श्रेष्ठ, विनोद, बसन्त चौधरीहरु काँग्रेसका ठूला नेता बनाइनुले नेपाली राजनीतिको जय होस् भन्नु भन्दा अरु के नै पो गर्न सकिएला र । नेपाली निरीह जनताले यो अवस्थामा भनुँ भनूँ लागेको छ– तस्करवाद जिन्दावाद ! भन्न मिल्ला कि नमिल्ला ? बाहिर मुखले भन्न नमिले पनि सबै ठूलाबडाहरु तस्करकै दानापानीमै बाँचिरहेका छन् भनिन्छ नि ? कि यो कुरा झुटो हो त ?

–कवि मञ्जुलका शब्दमा भन्ने हो भने ‘मानवीय संवेदना र संस्कृतिलाई जीवन्त तुल्याउने राजनीति आदरणीय नै हुन्छ, तर समाजलाई अधोगति तिर डो¥याउने कुरा निन्दनीय नै हुन्छ चाहे त्यसको नाम जेसुकै नै दिइयोस् ।’ अहिले नाङ्गा सम्राटहरुले संचालन गरेको राज्य व्यवस्थामा सम्राट नाङ्गो छ भन्ने आँटको बालकको भूमिका कसले निर्वाह गर्न सक्छ भन्ने कुरा नै प्रमुख हो । समाजवाद, जनवाद, जनताको बहुदलीय जनवाद, उदारवाद आदि वादहरुको लेपनमा बेरिएर मौलाएको सामन्तवादको घुम्टो कसले च्यात्ने र वादशाहरुलाई घोडाबाट झारेर यथार्थ भुइँको अवगत गराउने पुस्ताको जन्म अर्थात् नयाँ सूर्य कोरल्न सक्ने जनता आजको आवश्यकता हो । जन्तु, जन्ती र जनहरुबाट मात्र मुलुक राम्ररी चल्न नसक्दो रहेछ, तसर्थ हरेक नेपाली नागरिकले आफू जनता बन्नसक्नु परेको छ भन्ने राजनीतिक विश्लेषकहरुको मतले कत्तिको मत पाउला ? आमा त्यो दिन आउँछ र ? हो वा त्यो दिन आउँछ । तर कहिले ?

–कवि भूपिले भन्नु भएझैँ ‘ घुम्ने मेचमा बस्नेहरु अन्धै हुँदा रहेछन् ।’ हाम्रा केही हिजो दुःखका दिनमा सँगै काम गरेका साथीहरु घुम्ने मेच पाउने वित्तिकै अन्धै भएछन्, सँधै यत्तिकै पुग्छ भन्ने भ्रममा । हिजो जनतासँग गरेको संकल्प सबै विर्सिएर आफ्नो धरातल विर्सिएर आकाशै आकाश विचरणको सपना बुन्न र रम्न थालेछन् । सम्झनु पर्ने सबै कुरा बिर्सिएछन्, विर्सनु पर्ने सबै कुरा संम्झिएछन् र गर्न नहुने जति सबै कुरा गर्न थालेछन् जहाँ जहिले, जे गरेर होक्राँ गरे पनि आखिरी यात्रा हरियो डाँडी, सेतो खाँडीमै पुगेर टुङ्गिने त होलानी, अनि के को फुरफुर र अज्ञान भएको होला नि प्रभु ?

–झापाको चिया विश्व बजारमै प्रसिद्ध छ रे, त्यसमा पनि दमकको चियाले झन ख्याति आर्जन राष्ट्रिय रुपमै गरेको छ भन्छन् । अहिले काँग्रेस महाधिवेशन अन्तर्गत नगर तहसम्म चियाको विशेष आतिथ्यता गर्न जान्नेहरु नै विजेता भएका छन् भन्ने चर्चा पनि छ ।

You may also like