भर्खरै एसइइ परीक्षा सुरु भएको छ देशैभरी । यो परीक्षाका अनेक रंग र आयामका समाचारहरु आइरहेका छन् ।

यसले मलाई मेरो एसएलसीतिर धकेलेर लगिरहेको छ । अनि यो संस्मरणमा हामफाल्न पुगें । समय रेखामा उभिएर म अहिले आपैंmलाई हेर्दैछु । आपैंmलाई पढदैछु । आप्mनै अनुहार समयको दर्पणमा राखेर हेर्दै छु । र, देख्दैछु आपैंmलाई समयले बगाएर सलल अनन्त गन्तब्यमा लगेको । लाग्दैनथ्यो, नचाहँदा नचाहँदै यसरी बग्नु पर्छ । म समयलाई बगाउँछु भन्थें, तर समयले चाहीं आँपूmलाई बगाउँदो रहेछ । बग्दै बग्दै आज यहीं आइपुगेको छु ।

समय २०४४ साल माघको हो । कठाग्रिंएको जाडो । फिदिम पाँचथरको सदरमुकाम मात्रै थिएन उसबेला, रक्सीको सुन्दरतामा आप्mनो उचाई नाप्ने नव मतवालीहरुको निकै भिडभाड थियो । चिसोमा रक्सीको ह्याङ्गओभरमा उठ्थ्यो फिदिम । त्यही प्यालासंग सुत्थ्यो । पाँचथर जिल्लामा जम्मादुई वटा परीक्षा केन्द्र थिए । एउटा फिदिममा र अर्को यासोकमा । आज त्यहीं ५० बढी एसइइ परीक्षा केन्द्रहरु छन् ।

म नमूना माध्यमिक विद्यालयको प्रथम ब्याचको विद्यार्थी थिएँ । दिपक बाँस्कोटाले निजी रुपमा खोलेको एकमात्र पाँचथरको निजी माध्यमिक विद्यालय थियो त्यो । पहिलो निजी विद्यालय भएको र उहाँको राजनैतिक कारणले पनि नमूना मावि संधै चर्चामा रहन्थ्यो । विद्यार्थी त्यहाँ पढाउन कतिपय अभिभावक डराउँथे । किनभने त्यो पञ्चायतलाई मन नपराउनेहरुको अखडा हो भन्ने प्रशासनको बुझाइ थियो । विद्यार्थी पनि थोरै थिए । हामी कक्षा १० मा चौधजना थियौं । विद्यालयले हामीबाट आप्mनो अस्तित्व रक्षा गरिदिने बुटी संझेको थियो । हामी बुटी भयौं एकपटक । म पनि बुटी भएँ एक पटक ।

सेन्टअप पास गरेपछि हाम्रो एसएलसीको तयारी हुन्थ्यो । म सकूलकै सानो कोठामा बस्थें होस्टल जस्तै । खाना अन्तै खान्थें । कक्षामा सबैभन्दा पछाडी बस्थें । एउटा रफ कापी र सबै किताव बोक्थें । मेरो कुनै नोट थिएन । गाइड र गेस पेपर पनि थिएन । मैले लाइब्रेरीको पुस्तक पनि पढिनंँ । ट्यूशन मबाट टाढै रह्यो जीवनमा । मेरो विद्यार्थी जीवनमा कहिल्यै नोट भन्ने चिज थिएन । मैले कहिल्यै लाइब्रेरी कार्ड बनाईनँ, मलाई चाहिने पुस्तक सबै खरीद गर्थें । सरले लेखाएको नोट कहिल्यै पनि कापीमा टिपिनँ । मलाई सर भन्दा कितावमा बढी विश्वास लाग्थ्यो । त्यसैले सर भन्दा बढी किताव पढें । कितावमा मेरो ब्रम्हले जे देख्थ्यो त्यही बुभ्mथें र त्यही अंगीकार गर्थें । र, त्यही कुरा परीक्षामा लेख्थें । उसबेला म इलामबाट निस्किने साप्ताहिक पत्रिका ‘मेचीप्रवाह’ मा लेखहरु, समाचारहरु पठाएर मिडियाको नजिक पुगिसकेको थिएँ । आजसम्म यो कर्म जारी छ ।

एसएलसी दिन त्यो माघको जाडोमा फिदिममा जानु पर्ने थियो बिहान सात बजे । मलाई आनन्द लाग्थ्यो । म छ बजे उठथें । मैले विद्यार्थी जीवनमा परीक्षाको दिन कहिल्यै पनि पढिंनँ । फेरि बिहान मेरो पढ्ने आदत कहिल्यै थिएन र छैन । पढ्ने जति सबै बेलुका हुन्थ्यो । बिहान तयारी गरेर परीक्षा हलमा पुग्दा पौने सात बज्थ्यो । हलमा पसें । पहिलो दिन अंग्रेजीको परीक्षा थियो । परीक्षा सुरु भयो । आधाघण्टापछि हलमा चिट सार्ने र सोध्नेको धुइरो लाग्यो । हल्ला हुन थाल्यो । मेरो कक्षाका केही साथीहरु ‘डन’ हुँ भन्ने पनि थिए । तिनको हात लामै थियो । तिनले मलाई दवाव दिन थाले सिकाउनु पर्छ भनेर । केही बेर त सहें । मेरो लेख्ने वातावरण बिग्रिन थाल्यो । यसै त म शान्तीप्रिय मान्छे । होहल्ला मन नपर्ने । परीक्षामै यस्तो भएपछि मैले तत्कालिन प्राविनि हेट नारायण श्रेष्ठलाई म अर्कै काठामा वा अफिसमा बसेर परीक्षा दिन चाहन्छु भनेर माग गरें । त्यसपछि परीक्षा कडा भयो । मैले राम्ररी लेखें । तर त्यो घटनाले मेरा साथीहरु म देखि क्रुद्ध भएछन् । परीक्षा सकेर बाहिर निस्किंदा साथीहरुले मलाई हप्काउन थाले । मार्ने धम्की पनि दिए । माविनिहरुको साथमा म शिक्षा कार्यालयमा गएँ । जिशिअले ती विद्यार्थीहरुलाई कार्वाही गर्ने भनेपछि माफी मागे । पछिल्ला दिनहरु सहज भए । परीक्षा सकियो । रिजल्ट आयो । हामी तीनजना पास भयौं चौध जनामा । जिल्लाभरी हाम्रो प्रचार भयो । मेरो गाविस रानीटारबाट रेगुलर एसएलसी गर्ने म मात्र भएँ । आज त्यहींबाट एसईई गर्नेहरु सयौं हुन्छन् । खुशी लाग्छ ।

हरेक वर्ष एसईईको नतिजा सार्वजनिक हुनासाथ यसका अनेकौं रंग, बिम्ब र विवेचनाहरुले मिडियाहरु भरिन्छन् । यसपाली पनि त्यही भयो । एसईईलाई अनेकौं नाम दिएर यसलाई त्राशदीपूर्ण बनाइने गरिन्छ र गरियो पनि । विद्यार्थी र विद्यालयहरुले पनि यसलाई जीवन मरणको सवाल बनाउँछन् । मानौं एसईई पास गर्ने, त्यसमा पनि उच्च अंक प्राप्त गर्ने विद्यार्थी यो संसारकै महान ब्यक्ति हो । यो सर्टिफिकेट पाउनु संसारकै सबैभन्दा ठूलो मुकुट प्राप्त गर्नु हो । यो योग्यता पाउने संघर्षलाई फलामे बार वा अन्य नामले पुकारेर यसको भयाभहतालाई झनै उजागर गरिन्छ । अनि अभिभावकलाई पनि त्यो उच्च अंकलाई विषय बनाएर नाक ठाडो पार्नु छ । विभवता पस्किनु छ । मानौं आप्mनो नानीले विशाल रोमन साम्राज्य जित्यो । अनि विद्यालयहरुलाई पनि यही एसईईको रिजल्ट भँजाएर अभिभावकहरुको दिमागमा भूत भर्नु छ । यसको राप र तापमा मुनाफामा जानु छ निजी स्कूलहरुले भने सरकारीले ‘उच्च मूल्याङ्कन’मा पर्नु छ । पदोन्नती हुनु छ । ‘गोरखा दक्षिण बाहु’ पाउनु छ ।

यही भएर होला, एसईईको परीक्षाका कुरुप कोलाजहरु हेर्ने हो भने यो दुनियाँ हाँस्छ । लाजैमर्नु छ त्यो विरासत । परीक्षामा कतै शिक्षकहरु चिट चोराउँदै हुन्छन् र तिनलाई निस्कासन गरिंदै हुन्छन् । ती निलम्बनमा पर्छन् । कतै चिट चोराउन अभिभावकहरु सकृय हुन्छन् । हामीले देख्यौं, ती अभिभावकहरु ‘चिट चोराउन पाउनु पर्छ’ भन्दै प्रहरीसंग भिडन्तमा उत्रिन्छन् । शिक्षा मन्त्रालय पनि यही नतिजालाई केन्द्रमा राखेर आप्mना उपलब्धी र गतिविधिहरुको मूल्याङ्क गर्ने गर्छ । कति विद्यार्थीहरु पास भए, कति फेल भए भन्ने मापनमा मन्त्रालय गुज्रिरहन्छ हरपल । सबैलाई पास र फेलको प्रतिशतको गणितीय आँकडा नै गुणेस्तरीय शिक्षाको मापन हो । अर्थात कति पास भए, कसले कति नम्बर ल्याए भन्ने विषय नै आज शिक्षाको मापनको यन्त्र बनेको छ । यसैमा सबैलाई भ्याइनभ्याइ छ ।

तर शिक्षा भनेको पास र फेल होइन । न त यो सर्टिफिकेट हो । शिक्षा भनेको जीवन र जगतलाई सिर्जनात्मक आँखाले हेर्ने लेन्स हो । त्यसले जीवनका, समाजका र दुनियाँका सारा रंगहरु देखेर त्यसमा समाहित हुन प्रयत्न गर्छ । त्यसले जीवन, समाज र दुनियाँलाई रंग भरेर सुन्दर मात्रै बनाउँदैन, त्यसले जीवन पद्धतीको बाटो पनि खन्छ, न कि अर्काले खनेको बाटोमा हिंडछ । आजसम्म नब्बे प्रतिशत भन्दामाथि अंक ल्याएर पास गर्नेहरुको लावालस्कर कहाँ गयो ? तिनले कुनै वैज्ञानिक आविष्कार गरे ? नयाँ कुरा पत्ता लगाए ? समाज र मुलुकलाई कुनै बाटो देखाए ? देशको अर्थतन्त्रको नयाँ मोडल ल्याए ? उद्योग र ब्यापारका घाटा कम गर्ने शूत्र ल्याए? रोजगारी बढाउने कुनै फर्मूला भेट्टाए ? भ्रष्टाचार रोक्ने कुनै विधि देखाए ? समाजका बिकृतिहरु रोक्ने शूत्र भेट्टाए ? विदेशिने लाखौं युवाहरुको अन्तर्राष्ट्रिय बिमानस्थलमा लागेको अनन्त लाइनको अन्त्य गर्न कुनै बहस गरे ? अ हँ, केही पनि गरेका छैनन् । उसो भए ती उच्च अंकधारीहरु के गर्दै छन् त ?

आज ती बिदेशका जनशक्ति भएर काम गर्दैछन् । कति अर्काले लेखिदिएका किताव र नोट पढेर ‘कमाउ’ का विषयहरुमार्पmत करोडौं कमाइ गरिरहेका छन् । ती ठूला घर बनाउन, गाडी किन्न र बिदेश जान आनन्द लिइरहेका छन् । यही कमाइको आनन्दमा ती जोडिन पुगे । फेरि, यदि अभिभावकले र विद्यार्थीले शिक्षालाई माया गरेको हो भने एसईईपछि किन विद्यार्थीले पढाइलाई उच्च दर्जामा राखेर हिँड्न सक्दैनन ? उच्च शिक्षामा अभिभावक र विद्यार्थी दुवै शान्त छन् । अभिभावक पनि बिदेशे ताक्छन्, विद्यार्थी पनि बिभिन्न बहानामा यही मुलुकलाई लत्याउँछन् । अनि हामी आपैंmलाई गर्व गरिरहेका हुन्छौं । म अहिले समय रेखामा उभिएर मेरो उसबेलाको समय र अहिलेको समयलाई नियाल्दै छु । धेरै फरक देखिरहेको छु । दुख यसैको हो । तर कसले यसको गहिराई नाप्ने त ? कसैलाई पनि यसको गाम्भीर्यता चाहिएकै छैन । कुरा यत्ति हो ।

Author

You may also like