देश–समाज राजनीति समाचार स्थानीय

सम्मेलन सभापति देउवाले उद्घाटन गर्ने

विराटनगर/ नेपाली काँग्रेस कोशी प्रदेश समितिले प्रथम कोशी प्रदेश सम्मेलन आगामी मंसिर २२ गते प्रदेश राजधानी विराटनगरमा पहिलो सम्मेलन गर्न भएको छ ।
उक्त सम्मेलनको समुद्घाटन काँग्रेस पार्टी सभापति शेर बहादुर देउवाले गर्ने नेपाली काँग्रेस कोशी प्रदेश समितिले पत्रकार सम्मेलनको आयोजना गरी प्रथम सम्मेलन बारे जानकारी दिएको हो । पहिलो सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । सम्मेलनमा पाटीका केन्द्रीय पदाधिकारी सहित पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर गाउँकार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको सहभागी रहने प्रदेश महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
एक दिने सम्मेलनमा नेपाली काँग्रेस कोशी प्रदेशको राजनीतिक,सांगठानिक र आर्थिक प्रतिवेदन माथी छलफल हुने प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।
सम्मेलनको बन्दसत्रमा पेश हुने प्रतिवेदनलाई प्रदेशभरिका ६ सय ४८ प्रतिनिधिहरुले छलफल गरी पारित गर्ने सभापति थापालले जानकारी दिए । सम्मेलनमा प्रदेश समितिले हाल सम्म गरेका कामको समिक्षा गर्दै आगामी कार्यकालका लागि रणनिति तयार गर्ने पनि सभापति थापाले प्रष्ट पारे ।
सम्मेलनमा पेश गरिने राजनितिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन मंसिर १७ गते बस्ने पदाधिकारी बैठकले पारित गर्ने सभापति थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । काँग्रेस कोशी प्रदेश समितिले आगामी पुस १६ गते देखि सात महिने सांगठनिक जागरण अभियान पनि सञ्चालन गर्ने भएको छ ।

Author

You may also like