पछिल्लो समयमा बजारमा अस्वस्थ्यकर विषायुक्त आँप बजार आएको र उपभोक्ताको स्वास्थ्य भन्दा व्यापारिक लाभका हिसाबले आँप बजारमा विक्रीवितरण भइरहेको भन्ने चर्चा बढी चलेको छ । फलफूल खानु स्वास्थ्यका लागि आवश्यक पोषक तत्व प्राप्तको लागि लाभदायी मानिएको छ । तर प्राकृतिक रुपमा नपाकेका फलफूल खाँदा त्यसले स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असर पु¥याएर विभिन्न रोगहरु निम्त्याउने गरेको छ । आँपलाई फलफूलको राजा मानिने आँपको सिजन त यति बेलै भए पनि रमाएर आँप पाकिहालेको अवस्था छैन । यद्यपि यो आँप आँउन थालेको एक महिना भन्दा बढी भईसक्यो । नेपाली बजारमा काँचा आँप केमिकलमार्फत पाकेको देखाउन, रंग नजाने केमिकल हाल्ने र त्यसको वेटमा पनि कमी नआउने गरी केमिकलको प्रयोग गरिएका आपहरु प्रशस्त आएको उपभोक्ताको गुनासो छ । जसले गर्दा स्वास्थ्यवर्धक खान योग्य र अयोग्य आँप छुट्याउनमा उपभोक्ता नै अलमलिने गरेका छन् । बजारभरि हेर्दा पहेँलो, हेर्दै रहर लाग्दो अनि खाउँखाउँ लाग्ने खालको आँपहरु प्रशस्त देख्न सकिन्छ । तर, के ती आँप प्राकृतिक रुपमै पाकेका भने होइनन् विभिन्न केमिकल मिलाएर जर्वजस्ती पकाइएका हुन् । दमकमा पनि बजारभरि नै आँप देखिन्छ । तर के ति आँपहरु विषादीमुक्त छन् त ? दमकका बिभिन्न स्थानमा बेच्न राखिएका आँपहरु कुनै भारतबाट निर्यात भएका हुन, कुनै नेपाल भित्रैका अरु ठाउँबाट निर्यात भएका हुन् त कुनै स्थानीयले आफै उत्पादन
गरेर आफै बेच्न ल्याएका हुन् । फलफूल पसलहरुमा आँप किन्न उपभोक्ताहरुको भिड देखिन्छ ।
हरेक फलफुल पसलमा व्यापारिहरुले नेपालभित्रैको सिजनेवल आँप बेचिरहेको भन्ने गरेका भए पनि ठूलो मात्रमा केमिकलयुक्त भारतीय आँपहरु सस्तो मूल्यमा बजारमा छाएका छन् । २ हप्ता अगाडि यस्तै आँपहरु इटहरी उपमहानगरपालिकाले जफत गरेर ठूलो मात्रामा आँपहरु नष्ट गरेको थियो । तिनै लटका आँपहरु दमक बजारमा पनि अहिलेसम्म बेचिरहेको जनगुनासो रहेको छ । सिजनभन्दा अघिनै अप्राकृतिक रुपमा विषादी प्रयोग गरि पकाएका आँप निर्यात भएको र अहिले सिजनको प्राकृतिक रुपमा पाकेको आँपलाई लिएर पनि उपभोक्तामा
डर, क्रास र शका उत्पन्न गराएको पनि व्यवसायी बताउँछन् ।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञको सुझाव छ । कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ ।
यस्ता अखाद्य र हानिकारक फलफुल नियन्त्रणमा पहिलो त सरकारले तदारुकता देखाउन सक्नुपर्दछ । यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाइदिएपछि यस्ता आँप लगायतका फलफुल भित्रने बाटो बन्द हुन्छ । अर्को आयात नरोकने हो भने यसको गुणस्तर मापन प्रवेशनाकाबाटै गर्नुपर्ने हुन्छ । नेपालमा प्रवेश गर्ने नाकामा नै कडा कदम चाल्नुपर्ने, सीमानामै परीक्षण र नियमन चुस्त नभए यस्ता विषादीजन्य वस्तुहरू निर्वाध भित्रिरहने, समाधान सतहमा होइन, जडमै खोज्नुपर्ने, समस्या नाकाबाटै नियन्त्रण गर्नुपर्ने, अनुगमन ‘शो’ मात्रै होइन अनुगमनलाई प्रभावकारी बनाउँदै पालिकाबासीको स्वास्थ्यको चिन्तामा लाग्नुपर्ने दायित्व बढी भन्दा बढी स्थानीय सरकारमै रहेको देखिन्छ ।

Author

You may also like