दमक । सरकारले देशभरका स्थानीय तहका अस्पतालमा जनस्वास्थ्य अधिकृत करारमा पदपुर्ति गर्ने नीति बनाएको छ । सो नीति बमोजिम स्थानीय तहका स्वास्थ्य संस्थाले नियुक्ति प्रक्रिया अगाडि नबढाएकोमा नेपाल स्वास्थ्य संघ कोशीले ध्यानाकर्षण गराएको छ ।
संघीय सरकारले चालु आर्थिक वर्षका लागि जनस्वास्थ्य अधिकृत पदपूर्ति तथा जनस्वास्थ्य सेवा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गरिसकेको अवस्थामा अधिकांश स्थानीय तहले त्यसप्रति ध्यान नदिएकोमा माग पत्र सार्वजनिक गरिएको कोशी प्रदेश ब्रजेशकुमार मेहताले बताए ।
मेहताका अनुसार कोशी प्रदेशका धेरै स्थानीय तहहरूले हालसम्म पनि सो पदपूर्ति सम्बन्धी विज्ञापन÷सूचना प्रकाशन नगरेको गम्भीर अवस्था देखिएको र जनस्वास्थ्य सेवा वितरणमा प्रत्यक्ष पु¥याउने भएकाले मागसहितको ध्यानाकर्षणपत्र सार्वजनिक गरिएको बताए ।
म स्वास्थ्य, मेरो समुदाय स्वास्थ्य ः घरटोलमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत संघीय सरकारले जनस्वास्थ्य अधिकृत पठाउन १० महिनाको तलब पठाइसकेको अवस्थामा पनि उक्त पदका कुनै कुनै विज्ञापन नगरिएकोप्रति नेपाल जनस्वास्थ्य संघ कोशीको ध्यानाकर्षणभई यथाशीघ्र गर्न गराउन मागपत्र प्रस्तुत गरिएको मेहताले बताए ।
मेहताद्वारा हस्तक्षरित मग पत्रमा संघीय सरकारले विनियोजन गरेको बजेट तथा नीति(कार्यक्रमअनुसार स्थानीय तहले जनस्वास्थ्य अधिकृतको पदपूर्ति अनिवार्य रूपमा गर्नु पर्ने कानुनी दायित्व रहने, पदपूर्ति नभएको कारण स्थानीय तहमा संक्रामक तथा गैर(संक्रामक रोग नियन्त्रण, मातृ–शिशु स्वास्थ्य, पोषण, महामारी व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन जस्ता सेवा प्रभावित भइरहेको, स्थानीय तहमार्फत जनस्वास्थ्य अधिकृतको पदपूर्ति नभए संघीय सरकारको निवेश पनि प्रतिफलविहीन हुने उल्लेख गरिएको छ ।
सो मागपत्रमा उक्त पदका लागि आवश्यक प्रक्रिया माग समेत गरिएको छ ।
१. जनस्वास्थ्य अधिकृत पदपूर्तिको सूचना तुरुन्तै प्रकाशन गर्न।
२. बजेट विनियोजन, दरबन्दी र प्रक्रियागत तयारी पूरा भइसकेको अवस्थामा अनावश्यक ढिलाइ नगर्न ।
३. स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राख्न ।
४. जनस्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि स्थानीय तहहरूको सक्रियता अत्यावश्यक छ । यस विषयलाई गम्भीर रूपमा लिन आग्रह सो मागपत्रमा उल्लेख छ ।