दमक । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा झापाको दमक र कमल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि ¥यालीसहित ह्वील चेयर वितरण गरिएको छ ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख कार्यकारी अधिकृत गणेशराज कार्की, जनप्रतिनिधि, वडाअध्यक्षहरु, कर्मचारीलगायतको उपस्थितिमा ह्वील चेयर वितरण गरिएको हो । अपांगको सुरक्षा र सहजताका लागि नगरपालिका सदैव खुल्ला रहेको नगरप्रमुख थापाले बताएका छन् । यसैगरी उपप्रमुख भट्टराईले अपांगमैत्री वातावरण बनाउन नगरपालिका सदैव अपांगता खेपिरहनु भएका दाजुभाई तथा दिदीबहिनीको साथमा नगरपालिका रहेको बताईन । मंगलबार झापाको दमकमा सो दिवसको अवसरमा निकालिएको सामूहिक ¥यालीको आयोजना गरिएको थियो । दमक अपांग सहयोग समितिले सो कार्यक्रमको आयोजना गरेको थियो । यसैगरी, कमल गाउँपालिकामा पनि सहजताका लागि ह्वील चेयर वितरण गरिएको छ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता मनाउने सन्दर्भमा मंगलबार कमल गाउँपालिका वडा नं. ५ को कार्यालय हातामा एक कार्यक्रमको आयोजना गरी कमल अपाङ्ग
अपांगता..सिहयोग समितिले यसरी ह्वील चेयर वतरण गरेको हो । गएको वडादशैं र तिहारको समयमा पाडाजुँगी चौकमा लगाइएको मिनी मेलामा उठेको रकम र समितिसँग भएको रकम खर्च गरी ह्वील चेयरलगायतको सामग्री वितरण गरिएको अध्यक्ष पिताम्वर खड्काले जानकारी गराएका छन् ।
सो अवसरमा ४ वटा सेतो छडी पनि वितरण गरिएको समितिका सचिव लंक बहादुर खड्काले बताए । यसका साथै अपाङ्गता भएका र कुष्ठरोग प्रभावित ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ । शैक्षिक सामग्रीमा प्रति विद्यार्थी १ दर्जन कपी, १÷१ वटा डटपेन÷पेन्सिल, ज्यामिति बक्स र १ वटा किताब बोक्ने व्याग समेत रहेको बताइएको छ । ति सामग्रीहरु कार्यक्रमका प्रमुख अतिथि रहेका कमल–५ का वडाध्यक्ष लाल बहादुर (एल.बी.) विष्ट, विशेष अतिथि कमल–६ का वडाध्यक्ष नरेन्द्र भट्टराई र समितिको अध्यक्ष खड्काले वितरण गरेका थिए ।
अपाङ्गता भएकाहरुलाई घरभित्र र बाहिर हिंड्डुल गर्न सजिलो होस् भनेर अत्यावश्यक रहेको ह््वील चेयर वितरण गरिएको अध्यक्ष खड्काले प्रष्ट पारे । सो सहयोग कमल गाउँपालिकाका ७ वटै वडाका अपाङ्गता भएकाहरुलाई समेटेर गरिएको पनि त्यस अवसरमा जानकारी गराइयो । समितिका अध्यक्ष पिताम्वर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टंक बराल र कार्यक्रम संचालन सचिव लंकबहादुर खड्काले गरेका थिए । कार्यक्रममा पालिकाभरिका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कमलमा अपाङ्गता भएकाहरुको हित र कल्याणका लागि करुणा फाउण्डेशन, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र कमल गाउँपालिकाको सहकार्य र समन्वयमा विविध गतिविधिहरु हुँदै आएका छन् ।