देश–समाज सम्पादकीय

आगलागी हुन नदिनेतर्फ सचेत र सतर्क रहौं

हिउँदको महिना छ । हिउँद लागेसँग विभिन्न स्थानमा मानवीय त्रुटीकै कारणले पनि संकट निम्तिइरहेको छ । हिंउँदमा हुृरी बतास र चिसो पनि हुने हुँदा धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ । आगलागीबाट क्षति हुन नदिने तर्फ उत्तिकै सजग रहनुपर्छ भने चिसोबाट आफु, बालबच्चा र ज्येष्ठ नागरिकलाई बचाउन उत्तिकै चनाखो बन्नुपर्ने देखिन्छ । मानवीय जीवन सधैँ संकट र त्रासको सेरोफेरोमा गुज्रिरहेको हुन्छ । एकाएक आउने प्राकृतिक विपत्तिका कारण मात्र नभएर आफ्नै असावधानीका कारण पनि सधैँ असुरक्षाको जोखिम हुन्छ । भूकम्पीय जोखिमको त कुरै भएन, वर्षामा बाढीपहिरोको त्रास, हिउँदमा सुक्खा र खडेरीको त्राससँगै आगलागीबाट हुने अकल्पनीय जनधनको क्षतिका कारण बाह्रै महिना जस्तै असुरक्षाको अवस्था छ । प्राकृतिक विपत्तिलाई त टारौँ भनेर पनि टार्न सकिन्न तर बेलैमा सावधानी अपनाइयो भने क्षति न्यूनीकरण गर्न भने सकिन्छ । मानवीय असावधानीका कारण हुने घटनाबाट जोगिन भने सावधानी अपनाइँदा जोगिन सम्भव हुन्छ । प्रायः हिउँददेखि वसन्त ऋतु वरपर हुने आगलागीका कारण बर्सेनि मानवीय क्षतिका साथै अर्बौं रुपियाँको भौतिक संरचना एवं वनपैदावार नष्ट हुने गरेको छ । यस वर्ष पनि सुक्खा मौसम सुरु भएसँगै पहाड तथा मधेश/तराईमा आगलागीका दर्जनौं घटना सार्वजनिक भइसकेका छन् । यी घटनामा परेर मानवीय क्षति हुनुका साथै सयौँ परिवार घरबारविहीन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मङ्सिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो । प्राधिकरणको तथ्याङ्कले देखाएको विवरणमा आगलागी सबैभन्दा धेरै देखिएको छ । मङ्सिर १ गते ११ वटा विपद्का घटना हुँदा ८ वटा आगलागीका छन भने २ गते पनि १२ वटा घटनामा ८ वटै आगलागीको घटना देखाएको छ । ३ गते १६ घटनामा १३ वटा आगलागीका घटना भएका छन् भने ५ गते १२ वटा आगलागीका घटना देखाएको छ । यसैगरी ६ गते १० वटा घटनामा ९ वटा आगलागीका घटना परेका छन् । ७ गते १४ स्थानमा आगलागी भएको प्राधिकरणले उल्लेख गरेको छ । अन्य दिन मानविय क्षति नभए पनि ७ गते भने आगलागीका कारण भौतिक सामग्री जलेर नष्ट भई दुई जना घाइते भएका प्राधिकरणले जनाएको छ । मङ्सिर ८ गते देशभर १० वटा विपद्जन्य घटनामध्ये नौ वटा आगलागीका थिए । लेक लागेर एक जना र आगलागीबाट एक जना घाइते भएका थिए । मङ्सिर ९ गते देशभर विपद्का १५ घटनामध्ये १४ वटा आगलागीका थिए । यस्तै आगलागीमा परेर दुई जना घाइते भएका थिए । मङ्सिर १० गते विपद्जन्य १४ वटा घटना देशभर घटेका छन् । त्यसमा १३ वटा आगलागीका हुन् । यसरी पछिल्ला १० दिनको विवरणमा सबैभन्दा बढी आगलागीका घटना छन् । आगलागीबाट जोगिन पूर्वसावधानी अपनाउन प्राधिकरणले सबैलाई आग्रहसमेत गरेको छ ।
यसरी दैनिक दर्जनौं आगलागीका घटना बढ्न थालेपछि सावधानी अपनाउनुको विकल्प देखिँदैन । घर नजिक कुवा, इनार र पोखरीको व्यवस्था गरी पानीको जगेर्ना गर्न, समुदायस्तरमा आगलागीको समयमा तत्काल प्रयोगका लागि डोरी, बोरा, कपडा, बाल्टिन, कुटो, कोदालो आदिको व्यवस्था गर्न, समयमा सम्बन्धित निकायमा सूचना भुल्नु हुन्न । यस्तै क्षति कम गर्न परिवार तथा समुदायमा पूर्वतयारी योजना तयार पारी कार्यान्वयन गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्रज्वलनशील पदार्थहरू (सलाई, मट्टितेल, पेट्रोल, ग्यास सिलिण्डर आदि) सुरक्षित राख्न, शरीरमा आगो लागेमा उक्त व्यक्तिलाई दौडन नदिइ भुइँमा सुताएर टाउकोदेखि पैतालासम्म कम्बल वा बोरा आदिले छोप्नुपर्ने हुन्छ । आगलागी भएको ठाउँभित्र जानुपरेमा तालिम प्राप्त व्यक्तिमात्र जान, वनजंगलमा जथाभावी आगो नलगाउन, चुरोटका ठुटा जथाभावी नफाल्न र खाना पकाइसकेपछि आगो राम्ररी निभाउन नभुलेको खण्डमा आगलागीका घटनाबाट धेरै हदमा जोगिन सकिन्छ । यसतर्फ सबैलाई आगलागी हुन नदिनेतर्फ सतर्क र सचेत रहि सुरक्षित रहनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

Author

You may also like