देश–समाज समाचार स्थानीय

सरकारी मूल्यांकनमा दमक अस्पताल उत्कृष्ट

दमक । यहाँस्थित दमक अस्पतालको सेवा प्रभावकारी वन्दै गएको सरकारी प्रतिवेदनले देखाएको छ ।
नेपाल सरकारले चालु वर्षको प्रथम चरणको न्यूनतम सेवा मापदण्ड अनुसार अस्पतालमा हालै गरेको लेखाजोखा कार्यक्रममा दमक अस्पतालको सेवा दिनानुदिन बृद्धि हुदै गएको देखाएको हो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत नेतृत्वको प्राविधिक टोलीले यस अस्पतालको स्थलगत अनुगमन तथा मूल्यांकन गरेको थियो । सोहि टोलीले दमक अस्पताललाई सेवा तथा अय मापदण्डका आधारमा ८६ प्रतिशत अंक प्राप्त (ग्रिन कोड) दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले बताए ।
दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको उपस्थति रहेको थियो । त्यसक्रममा नगर प्रमुख थापाले यस अस्पतालले छोटो समयमा नै गुणस्तरिय स्वास्थ्य सेवा उपलव्ध गराउदै आएकाले अहिले यो सफलता प्राप्त गर्न सकेको उल्लेख गरे । अस्पतालमा सेवारत चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा यस अस्पताल पूर्वकै अझ भरपर्दो, गुणस्तरिय स्वास्थ्य सेवा उपलव्ध गराउन चुनौती आएको स्पष्ट पारे । दमक अस्पतालले पाएको यो सफलता समग्र दमक नगरवासीको लागि यो अत्यन्त गौरवको विषय भएको नगर प्रमुख थापाको भनाई थियो ।

Author

You may also like