देश–समाज राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरमा भए गरेका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

कस्मेटिक सामान बरामद
बुद्धशान्ति/झापाको बुद्धशान्तिबाट पाँच लाखभन्दा बढी मूल्यका अवैध सामान प्रहरीले बरामद गरेको छ । बिहीबार बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगान नजिकको मेची राजमार्गमा सवारीसाधन चेकजाँचका क्रममा प्रहरीले प्र.१–०१–००१ ज. ३४४९ नम्बरको यात्रुबाहक बोलेरो गाडी रोकेर तलासी लिएको थियो । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको उक्त गाडीबाट करिब ५ लाख ३४ हजार ७४५ रुपैयाँ बराबरको बिलबिनाको विभिन्न कस्मेटिक सामग्री फेला परेको प्रहरीले जनाएको छ ।

तिनकुने घटनाका मृतकलाई १० लाख
दमक/ तीनकुने घटनामा ज्यान गुमाएका परिवारलाई सरकारले १०–१० लाख क्षतिपुर्ति दिने भएको छ । गत चैत १५ मा तीनकुनेमा भएको राजापक्षधरको आन्दोलनमा ज्यान गुमाएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने भएको हो ।
सिंहदरबारमा बोतल र जारको पानी बन्द
काठमाडौं÷ खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् । बुधबार सिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमन पश्चात् मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने बताइन् ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
दमक/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। बुधबार बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । सो परिक्षा वैशाख २१ गते विहान ८ बजेदेखि ११ बजे जेठ २ गतेसम्म हुने भएको छ ।

साठी प्रहरी निरीक्षकलाई दज्र्यानी चिन्ह
काठमाडौं/ नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

सरकारले ट्रान्समिसनका लागि ऋण लिने
काठमाडौं/ सरकारले सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट (ओफिड) बाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनको लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन नेपान सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ। यस्तै, मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायता परिचालन नीति, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।

Author

You may also like