दमक । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान भएको क्रान्तिकारीले जनाएको छ । नयाँ नेतृत्वका लागि पाँचजनाले दाबी गरेका छन् । अध्यक्ष पदमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, योगेन्द्र बुढा र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालय, १६२ केन्द्रीय सदस्य चयन हुनेछन् ।
उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ ।
उम्मेदवार कायम रहेकामध्ये अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।
क्रान्तिकारीको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेका नेता महेश बस्नेतले माओवादीका १५ जना केन्द्रीय सदस्य विद्रोह गर्ने तयारी रहेको बताएका थिए । अखिल क्रान्तिकारीको २३ औं महाधिवेशनबाट आउने नेतृत्वका लागि गुटैगुटको थैलो नेकपा माओवादीले भिरेको देखिन्छ । एकातिर शैक्षिक मन्दिरभित्र राजनीतिकरण बन्द गरिनुपर्छ भनेर आवाज उठिरहेको छ भने अर्कोतिर पार्टीका भातृसंगठनहरुले तिनै मन्दिरलाई दुषित बनाउने काम पनि गरिरहेका छन् । विद्यार्थीको हकहितका निम्ति, शैक्षिक उन्नति र प्रगतिका लागि मात्रै हो भने विभिन्न गुट र उपगुट आवश्यक नपर्ने पनि विश्लेषकहरुको भनाई छ । हुन अहिलेसम्म विद्यार्थी संगठनबाटै नेतृत्व तहमा पुगेका नेताहरुको लावालस्कर सबै पार्टी, सरकार नेतृत्वमा रहेको देखिन्छ । नेतृत्व तहमा पुग्ने नेता जन्माउने थलो पनि विद्यार्थी संगठन बनेकै हुन् । देशका राजनीतिक परिवर्तनमा फलाम बनेर अग्रपंक्तिमा उभिने र आन्दोलन गर्नेमा पनि यिनै विद्यार्थी संगठन परेका छन् तर त्यो गरिरहँदा नेपालको शैक्षिक स्तर के भयो भन्ने मूल्याङ्कन कुनै विद्यार्थी संगठनले गर्न सकेका छैनन मात्र उनीहरुले त्यो स्तरमा पुगेपछि राष्टिूय राजनीतिको मियो समाउन पाइन्छ भन्ने मात्र सोच र चिन्तनबाट क्याम्पसमा राजनीति गरिरहेका र सोही अनुसार संगठनको केन्द्रमा निर्वाचन लड्ने गर्दछन ।
प्राप्त समाचार अनुसार नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको १० असोजमा सुरु भएको क्रान्तिकारीको २३औँ सम्मेलनले ४ महिना बितिसक्दा पनि नेतृत्व चयन गर्न नसक्नुलाई गुटगत राजनीतिको प्रभावकै रुपमा लिइएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन एक ठाउँमा उभिँदा अर्का उपमहासचिव जनार्दन शर्मा भने अर्कोतर्फ उभिएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समूह पनि नेतृत्वका लागि तयारीमा छ ।
अहिले काठमाडौंमा नेताहरूले आफ्नो समूहका पूर्वविद्यार्थी नेताहरूलाई टिम मिलाउने जिम्मेवारी दिएको भए पनि सफ लभने हुन सकेनन् । ‘आन्तरिक रूपमा तीन समूह देखिएका छन्, जसमा अध्यक्ष प्रचण्डलगायत उपमहासचिव जनार्दन र नारायणकाजी कमरेडको टिम प्रतिस्पर्धामा उत्रिएका छन ।
प्रचण्ड, गुरुङ र पुनका उम्मेदवारमा गण्डकी प्रदेशका सुदिन पौडेल, विजय शर्मा सापकोटा अध्यक्षका प्रत्यासी बनेका छन भने महासचिवमा देवकी कार्की उम्मेदवार हुनेछिन् । कोषाध्यक्षमा दीपा जैशीले उम्मेदवारी दिएकी छन् ।
शर्मा समूहबाट अध्यक्षमा हेमन्त राई, रोशन थापामगर अध्यक्षको प्रतिष्पर्धामा छन् । त्यसमा एक जना अध्यक्ष र अर्को महासचिव हुनेछन् । कोषाध्यक्षमा खुसी फुलमाया रानामगर उभिएकी छन् । श्रेष्ठ समूहबाट उपदेश यादव अध्यक्षका उम्मेदवार बनेका छन् । श्रेष्ठ समूहले पनि आन्तरिक रूपमा टिम बनाएर चुनावमा होमिएको छ ।