देश–समाज राष्ट्रिय समाचार

रविमाथि सरकारले प्रतिशोध साँधेको थप पुष्टी : झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानव तस्करीमा मुछिएका एमाले नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्वभ अधिकारी छुटेकोप्रति संशय व्यक्त गरेको छ ।
आफ्ना सभापति रवि लामिछानेलाई भने महिना दिनभन्दा बढी लगातार म्याद थपेर हिरासतमा राखेर प्रतिसोध साँधेको रास्वपाले जिकिर गरेको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी सोमबार रिहा भएका थिए । उनलाई सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गर्दै हिरासतमुक्त गरेको थियो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस घटनाले रास्वपामाथि प्रतिशोध साँधिएको थप पुष्टि गरेको बताए । उनले भने, ‘लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साँधिएको थप स्पष्ट पारेको छ । जुन हामीले भन्दै आएका थियौँ  । नत्र एमाले नेता छुट्दा हाम्रा सभापति किन छुटेनन् ?’
आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको झाले बताए । झाले सभापति लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा जवाफ दिँदै घेराबन्दी भएको बताए । उनले भने, ‘ब्याजै तिरेको भए पनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन । माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन’ उनले भने ।
कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्की हिरासतमा रहेका रवि लामिछानेलाई मंगलबार काठमाडौं ल्याइने तयारी गरे पनि प्लेनको टिकट नपाएका कारणले अब बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याउने तयारी भएको कास्की प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि मंगलबार नै काठमाडौं ल्याउने तयारी थियो । तर प्रहरीले अब बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याउने भएको छ । रास्वपाका नेता दीपक बोहोराले लामिछानेलाई
रवि….बुधबार साँझ या बिहीबार बिहानमात्रै काठमाडौं पठाउने जानकारी प्रहरीबाट मिलेको बताएका छन् । ‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सि बिहान मात्रै काठमाडौं पठाउने भएको छ’, उनले भनेका छन् । उनलाई मंगलबार बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको थियो । तर मौसम खराबीसहितका कारण देखाउँदै उनलाई प्रहरीले पोखरामै राखेको हो ।

Author

You may also like