एजेन्सी,आचार्य बालकृष्णका नेपाली मूलका भारतीय अर्बपति आचार्यको यसवर्ष सम्पत्ति ह्वात्तै घटेको छ । यो हदसम्म सम्पत्ति घटेपछि आचार्यमाथि तनाव थपिएको छ । पतञ्जली आयुर्वेदका प्रमुख बालकृष्णको सम्पत्ति दुई तिहाईले घटेको हो ।
फोर्बस् म्यागाजिनले २४ असोजमा जनाए अनुसार सन् २०१७ मा २.५ अर्ब डलर कुल सम्पत्ति रहेकामा सन् २०१९ मा १.४ अर्ब डलरमा सिमित भएको छ । यद्यपि उनी भारतको सर्वाधिक सय धनीको सूचिभित्र परेका छन् ।
फोर्बस् म्यागाजिनका अनुसार पतञ्जली आयुर्वेदको उत्पादन विक्री घटेकाले सम्पत्ति पनि घटेको हो । आचार्यले पतञ्जलीको सम्पत्तिमा ९८.५ प्रतिशत हिस्सा राख्छन् । सम्पत्ति ह्वात्तै घटेपनि ४७ वर्षीय आचार्य भारतको ९७ औं धनीको सूचीमा परेका छन् । भारतको नागरिकता लिएका उनी अविवाहित छन् ।