आफ्नो जिन्दगीलाई रंग भरिदिने अर्धाङ्गिनी जन्मिएको र उनलाई जन्म र कर्म दिने बा आआको मन्दिर सजिएको ठाउँ थियो त्यो । हुर्किएको ठाउँ थियो त्यो । मेरी जीवनसाथी जानुकालाई सर्ट फ्रक लगाएर सिंहदेवी मावि गएर जिन्दगीका सपना देख्न सिकाएको ठाउँ थियो र देश पढन दश बर्ष धाएको स्कूल हो त्यो । सपना देख्न सिकाउने सिंहदेवी उच्च माविको बिशाल क्षेत्र हेरें । केही पनि देखिंनँ ।
बाटो र हिलोको उत्तरआधुनिकता
यसपालीको दशैं जस्केलामै आउँदै गर्दा मन अलिकति उद्दिग्न हुँदै थियो । तर त्यो मन धमिलो भयो जब खबर आयो ‘पानी धेरै परेर आम्चोक गाडी जाँदैन होला’ । त्यस खबरले मलाई पक्षघात पारेजस्तो भयो । आजभन्दा ९ बर्ष अघि मैले जे देखें, यो देश उस्तै पो रहेछ । केही फेरिएन छ ।
त्यो इतिहासको एउटा पाइलामा टेकेपछि, एउटा पानामा पल्टिएर पुगेपछि यसरी मन भरियो क्यार ! म जिन्दगीको पाना पल्टाउँदै छु यही यात्राबाट, र खोज्दै छु मान्छेका सपनाका अलिखित कथाहरु । यही कथाको कलेवरमा समाहित हुँदै २०७२ सालको दशैंमा पाइला टेक्दै छु आज । कसरी त्या र यो दशैंको कथा एउटै हुन गयो ?
यसको उत्तर दिने कोही छैन ।
राज्य संचालकहरु त सायद यस्ता कथाहरुबाट बेखबर भएर जीवन बिताउँछन् !
जाँदो कार्तिक ।
हामी दमकबाट इलाम– राँकेबजार हुँदै इलामको आम्चोक तर्पm लाग्यौं ।
उन्माद र हर्ष थियो । दशैं मान्न ससुराली जान पाउँदा । त्यो हर्ष राँकेबजारसम्म जीवित रह्यो । पक्की बाटोको कारणले ।
त्यसपछि यात्रा कठीन हुन पुग्यो । राँके हुँदै देउरालीको तेर्सो बाटो लाग्दा मन भाँडियो । यहाँका मान्छेले यतिका बर्षसम्म जावो एउटा बाटो पनि राम्रो बनाएनन् । यी सबै भ्रष्ट रहेछन् । बिकास बिरोधी रहेछन् । तिनलाई धिक्कार्न थालें मनभरी । यो मुलुकको ब्यावस्थापकीय प्रणालीलाई गाली गरें । धारे हात लगाएँ मनभरी । बाटा नबनाउनेहरु कसरी गन्तब्यमा पुग्लान ? बाटै छैन । सभ्यता र आर्थिक संबृधिको गन्तब्य हराएछ भन्ने लाग्यो । गाविस मौन देखियो । जिविस मोन देखियो । सांसद कोष मौन देखियो । राष्टिूय योजनाहरु मौन देखिए । मुलुक यसरी नै कुरुप बनेर अहिले लम्पसार ढलेको छ । कोही उठाइराखेको छैन ।
देश जस्तै थियो त्यो बाटो । अनि देख्यौं, बाटो जस्तै देश । हिले बाटो, पानीले भिजेको, फोहोर, दुर्घटनाग्रस्त, १५ बर्ष अघि सुचारु भएर पनि उस्तै बाटो । (यो ९ बर्ष जोड्दा २४ बर्ष भयो त्यो बाटोले एउटै कथा बोकेको !) पन्द्र वर्षमा पनि उस्तै अनुहार र गुणमा विराज भएको त्यो बाटो र मेरो देश एउटै थिए । ट्याक्सी ढुँगामा उफ्रिन्थ्यो र टाउको माथि ठोकिन्थ्यो । गाडी हिले बाटामा पीङ्ग खेल्दै खेल्दै अघि बढिरह्यो । हामी पनि त्यही झा्ेलुङ्गोमा हल्लिदैं अघिबढ्यो । यो त इन्जिनीयरहरुले निलेको देश रहेछ । बाटो पनि तिनीहरुले त्यासरी नै निलेका रहेछन् । उपभोक्ता समितिलाई काम गर्न दिए काम हुन्थ्यो । तर ठेक्का प्रथाले काम नभइ बील पास हुँदो रहेछ । ‘रकी एरिया’ भनेर कामै नगरी भ्mवाम पार्छन् । त्यहाँ सबै गाउँलेहरुको एउटै उत्तर थियो –‘काम नगरी बील पास गरेर बजेट सक्छन्’ ।
भारतको नाकाबन्दी र बाटोको कुरुप कथाले बनाएको परिणाम उदेक लाग्दो थियो । ट्याक्सी घर अगाडी त्रिपाल ओढाएर राखेको थियो । दशैंमा पनि कमाउन नपाएर रोएर बस्नु परेको तीतो अनुभूतिले बाँचेको पनि कयौं भयो । कतै गाडी छ, बाटो छैन । कतै बाटो छ, गाडी छैन । कतै बाटो र गाडी दुबै छ, तेल छैन । देश जस्तै खाल्डा परेको बाटामा ट्याक्सी कुदाएर जिवीका धान्ने डूाइभर बोल्दै थिए, ‘तपाईहरुको पनि बालबच्चा छ, परिवार छ । मेरो पनि बालबच्चा छ परिवार छ । सबै बाँच्नु पर्छ । बाटो अपठेरो छ । मान्छे कोचेर म लान सक्दिन ।’ यही कुरुप तुरुपमा देश फसेको छ । निस्कन सकिरहेको छैन । हिडने सडक अस्तब्यस्त भएर हिंडन नपाएको ट्याक्सीको र उसको मालिकको निन्याउरो अनुहार हेरेर एकपटक धिक्कारें । यो देश बनाउन कुटे र कोदालो लिएर निस्किएका भनिएकाहरु सिंहदरवारमा पसेर भत्तामा सत्ता साटिरहेका छन् । जनता जनता भन्दै तिनै जनताका चुल्हो बाल्न प्रतिबन्ध लगाउनेहरु, जनतालाई गाडी कुदाउन नदिनेहरु, जनतालाई औषधी नदिएर अकाल मार्ने ज्यानमाराहरु पनि त जनताका नाइको हुँ भन्छन् । तिनलाई पनि नेपाली भनिदिनु परेको छ । अर्को कुरा, बाटो बनाएर जनतालाई खुशी पार्ने झन्झटिलो बाटो किन अपनाउनु ? यो भन्दा राम्रो त चुनावमा पैसा, मोटरसाइकल र मोबाइल बाँडे पुग्यो । बिकास गरेर भोट जित्ने कठीन बाटो किन लिनु ?
तर कुहिरोले छाडने बित्तिकै भाँडिएको मन सम्हालियो । त्यहाँ त बाटाको उत्तरआधुनिकता रहेछ । त्यो भनेको बहुरंगी, रहस्यमय, अन्तहिन र अर्थपूर्ण । कहिल्यै त्यसको ब्याख्या र बिश्लेषण गरेर नसकिने तत्वबोध । त्यसको सबै रुप र कलेवरलाई पत्ता लगाउन नसकिने तर त्यसको अलिकति अंश मात्र बुझन सकिने क्लीष्ट । जताततै बाटा देख्यौं । हिलोले रंगिएका बाटा । घरै पिच्छे बाटा । थुप्रै बाटाहरु रहेछन् एउटै गन्तब्यमा पुग्न पनि । कुनै अंतिम सुविधा दिने नभएका ‘हो कि हो कि’ बाटाहरु । बाटा धेरै तर कुनै पनि अंतिम र सुविधायुक्त नभएका उत्तरआधुनिक बिचारजस्तै बाटाहरु । दोश्रो जनआन्दोलनले ल्याएको परिवर्तन भनेको पहाडका बाटा, जो शरीरका रक्तकोशिका जस्तै रेशामा पल्टिएका पाखाहरु देख्यौं । तिनको न त कुनै प्राविधीक इन्जिनियरिङ्ग गराएको छ, न त तिनको पर्यायवरणीय असर के छ भनेर अध्ययन गराइएको छ । ती सिर्पm बाटा बनिन्छन् र जबरजस्ती गाडी कुदाइन्छ । बाटाका भग्नावशेष यो देशको रुपक बन्यो । बैशाख १२ गतेको भुकम्पले भगनावशेष बनेको देशमा मधेसेहरुले नेपालीका चुल्होका आगो निभाइदिए । जनताका गाडीका पाङ्रग्रा फुकालिदिए । जनताका औषधी बन्द गरिदिए । भात र पानी बन्द गरिदिए । यसरी भगनावशेष भएको देश र त्यो बाटो एउटै थियो । खाल्डा र खुल्डी । हिलो । गाडी कुनबेला उत्तानो पर्ला भनने डर । त्यति धेरै संत्राशमा पनि त्यहाँ आनन्द छ, किनभने त्यहाँ बाटाको अनन्तता छ । धेरै बाटा छन् । बिकल्प धेरै छन् । धेरै बाटाको आनन्दमय सधै सुनिने एउटा सदावाहार प्रश्न थियो ‘आम्चोक कुन बाटो जाउँ ?’
प्रकाश विनाको उज्यालो
हामी राति आम्चोक पुग्यौं । साना जलविद्युत आयोजनाबाट निकालिएको बिजुली प्राविधिक गडबडी आएर केही दिन देखि बन्द थियो । त्यो रातमा कतै बत्ती थिएन । जून पनि लागेको थिएन । सडक बत्ती पनि थिएन । बाटाका छेउका घरमा पनि आगो बलेको थिएन । टुकी पनि थिएनन् । लाल्टीन पनि थिएनन् । ताराको प्रकाश पनि थिएन ।
तर मैले त्यहाँ उज्यालो पाएँ । तीन दशक अघि जिन्दगीको एउटा पाटो थपिएको ठाउँ थियो त्यो । जिन्दगीको एउटा प्रकाश चम्किएको ठाउँ थियो त्यो । जिन्दगीको एउटा तारा उदाएको ठाउँ थियो त्यो । जिन्दगीको एउटा रित्तो प्याला भरिएको ठाउँ थियो त्यो । बेहुली लिन सत्र बर्षको केटो कुन्नी के सपना बोकेर हिंडेको थियो घरबाट त्यतातिर, धेरै सपना त पुरा भए जस्तो पनि लाग्छ, केही सपना बिर्षें जस्तो पनि लाग्छ । कलिलो उमेरमा देखिएका सपनाहरु पुरा हुँदैनन् भनिन्छ । तर मेरा धेरै सपना पुरा भएको ठाउँ थियो त्यो । आप्mनो जिन्दगीलाई रंग भरिदिने अर्धाङ्गिनी जन्मिएको र उनलाई जन्म र कर्म दिने बा आआको मन्दिर सजिएको ठाउँ थियो त्यो । हुर्किएको ठाउँ थियो त्यो । मेरी जीवनसाथी जानुकालाई सर्ट फ्रक लगाएर सिंहदेवी मावि गएर जिन्दगीका सपना देख्न सिकाएको ठाउँ थियो र देश पढन दश बर्ष धाएको स्कूल हो त्यो । सपना देख्न सिकाउने सिंहदेवी उच्च माविको बिशाल क्षेत्र हेरें । केही पनि देखिंनँ । तर धेरै देखें । झोला बोकेर जिन्दगी, समाज र देश पढन दश बर्ष धाएको स्कूल हो त्यो । उनले पढेको जिन्दगी सही रहेछ भन्ने लाग्दै छ । उनले पढेको देश पनि सही रहेछ भन्ने देख्दैछु । अनि त्यही आँपूmलाई जिन्दगी र देश पढाउने आप्mनै युवा अनि छुराको धार भैंm तिक्ष्ण दाजु दधिराम अहिले पेन्सन खाँदै हुनुहुन्छ । उहाँको अंगै्रजी भाषाको अपार ज्ञान, खोकिलामा बोकेर हिडौं लाग्ने सुन्दर हस्तलिखित अक्षरहरु मेरो जिन्दगीको अंग्रेजी भाषा र साहित्यको चेतना खोल्ने अश्त्र थिए । त्यही चेतनाले म अंग्रेजी भाषा र साहित्यको बिध्यार्थी भएँ । मेरो भाषा र साहित्य जीवनका अभिन्न पाटा हुन् । यिनै संग म हरपल अंतरङ्ग गरिरहेको हुन्छु । अर्का दाजु बेद प्रसाद त्यहीं केटाकेटीहरुलाई जिन्दगी र देश पढाइरहनु भएको छ । कान्छो भाइ चन्द्र सामाजको सपनामा आप्mना सपना प्mयूजन गराउँदै एउटा आकार ग्रहण गर्दैछ । मैले फेरी यी अनुहार पढन थालें । मेरो अगाडी ती अनुहार प्राञ्जल भएर आए । जग्मगाएको देखें । प्रकाश देखें । लाग्यो, त्यहाँ कुनै अँध्यारो छैन । मुस्कुराएँ एक्लै । कसैले नदेख्नेगरी मुस्कुराएँ । लुकेर मुस्कुराएँ । मुस्कुराउन पनि बन्देज लाग्दोरहेछ भन्ने महसुस गरें ।
‘किन सिरियस हुनुभयो, एक्कासी ?’
‘केही होइन, धङ्गधङ्गे लाग्यो क्या ।’ जानुकालाई उत्तर दिएँ ।
तर त्यहाँ अँध्यारो थियो । सिर्पm चन्द्र भाइको एउटा टर्च थियो । ब्याटूी सकिएको मेरो मोवायलको टर्च थियो । नाङ्गा बाटाका डीलको प्रकाश थियो । उत्तीसका रुखको प्रकाश थियो । निवाराका ठूलाठूला पातको प्रकाश थियो । इस्कुसका माचको प्रकाश थियो । गोठमा बाँधिएका भैंसी, गाई र टाटनाभरी बाँधिएका खसीहरुको प्रकाश थियो । धारामा अनवरत झरिरहने पानीको आवाजको प्रकाश थियो । तीस बर्षदेखि त्यो त्यसरी नै कराइरहेको छ । त्यहाँ उज्यालो थियो । बाटाका ढुंगाहरु टल्किएका थिए । त्यो अँध्यारो रातमा मैले प्रकाश देखें । ‘बर पीपल रोपिदिएकोछु । कसैले बिगार्न सक्दैन’ भन्ने ससुराबाको गुञ्जायमान आवाजको प्रकाश पनि देखें मैले । शान्त मुद्रामा रहेर मान्छेका मनोविज्ञान थाहा पाउने भद्र, सुन्दर र शालिन सासुआमाको गोरो अनुहारको प्रकाश पनि देखें मैले । यिनै प्रकाश बालेर त्यो अँध्यारामा घर पुगियो ।
के आज त्यो प्रकाश छ त त्यहाँ ?