सति प्रथा

✍सुजाता निरौला
आगनमा बा को लास लमपसार पर्दा
आमा हरेकबार हाम्रो अनुहार नियालिरहिथिन ।
आमालाई अङ्गालन मन थियो अन्तिम पटक हामिलाइ
तर
बा का लास सङै आमाका आँसु लम्पसार परेको थियो ,
जसरी आउदा झकिझकाउ भएर आउनु भा थियो
आमा बिहे गरेर
बा सङसङै जादा सति
त्यै रुप लिएर बाजागाजा सहित लगे हेर खोलामा
नजिकै आउने खोलानि टुहुरा पारे लौ लालाबाला भनी
बिलौना गाउन थाल्यो हेर
ड्याङ ड्याङ झ्याइ झ्याइ बजिरहेको बाजाले
मेरा बा आमाको मृत्युको उत्सब बोकेर ल्याएको थियो
बा त मरिसकेका थिए आगोको दुखाइ केहि पत्तो पाउन्न थिए
लमतन्न भएका थिए
आमा लाई त त्यो दनदनी बलेको आगोमा जीउँदै जलाउन लागेको थियो ।।
मेरि रातोलुगा लगाएकी आमाको पैहरन सफेद भैदियो
दागबत्ती दिन मेरा कपाल खौरेर
बत्ति हातमा दिदा
मेरो हात लर्खरियो ।
बा लाई त जलाउदा न दुख्थियो न पोल्थियो
बा त लडेको मुर्दा न थिए
समाज र कुरिती खै कस्तो हो
जिउँदै जलाएर मार्न खोज्ने नियम कस्तो हो
म त रोक्थे यी हातलाइ जिउदी आमाको चितामा
आगो लगाउन
तर समाजले मलाई बाध्य बनायो जिउदी आमा जलाउन ।।
लगाउदा चितामा आगो चिच्याउनु भो आमा मरे पोल्यो भनी
एकैछिनमा हेर्दाहेर्दै हुनु भो आमा खरानी ।।
१९७७ असार २५ गते चन्द्रसम्सेरले सति प्रथा अन्त्य गरेका थिए