पहिलोपटक केपी ओली प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको ग्ल्यामरले रंगिएका थिए । जनताबाट सकारात्मक ‘रिस्पोन्स’ पाएका थिए । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा दुइतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री भएपछि फेरि जनताबाट सकारात्मक ‘रिस्पोन्स’ पाएका थिए । अहिले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनताबाट त्यो सकारात्मक ‘रिस्पोन्स’ आउन सकेन ।
यो गम्भीर बहसको बिषय हो ।
गम्भीर चिन्ताको बिषय हो ।
गम्भीर मुद्धाको बिषय हो ।
किन यो गम्भीर बिषय हो त ?
अहिले जनता आश्वस्त हुने ठाउँहरू टालिएका छन् ।
हिजो जनता र दलहरूको यति धेरै सकारात्मकता हुँदा ओली सरकार कसरी चल्यो, उसले के के ग¥यो, के के गरेन, यी सबै कुराको ताजा शब्दचित्र छन् । आज पनि ती शब्दचित्र परिवर्तन हुने छाँट छैनन् ।
हिजो ‘भ्रष्टाचारको आरोप लागेका गृहमन्त्री राजीनाम दे’ भन्नेहरूले झन गम्भीर आरोप लागेका मान्छेहरूलाई क्याविनेटमा लगिएको छ । भ्रष्टाचारको अनुसन्धान कार्यलाई प्रभावित पार्नेगरी अनुसन्धान अधिकृतहरूको सरूवा भइरहेको छ । प्रधानमन्त्री विास बालुवाटार केनै दलको पार्टी कार्यालमा रूपान्तरण भइरहेको छ । प्रधानमन्त्री सबैका होइनन ?
जुन सल्लाहकारहरूको कारणले हिजो ओली सरकार बदनाम भयो, असफल भयो आज पुनः तिनै मानिसहरूको हावी छ । हिजो आप्mना दलका कसैलाई भ्रष्टाचारको आरोप लाग्दा ‘प्रधानमन्त्री आपैंmले पैmसला गरिदिने’ र भ्राष्टाचार गरेकै होइन भने संरक्षण दिने काम भए । सोही अवधिमा राष्टूऋण तीन गुना बढाइयो । पोखरा र भैरहवा विमानस्थललाई चीनलाई ऋणमा बनाउन लगाएर देश थिलथिलो पार्ने काम भयो । अनुत्पादक संरचनाहरू बनाएर राज्यकोषको दोहन भयो । बाटाघाटा धेरै बने, बाटाघाटा भनेको बिकास होइन, बिकासका पुर्वाधार हुन । तर ‘बाटा बन्नुलाई बिकास भएको’ भन्ने बच्चा बुद्धिभएकाहरूको भीड अहिले पनि छ । बाटा बनेर कति आर्थिक गतिबिधि बढ्यो, कति उत्पादन बढ्यो, बजारमा स्थानीय उत्पादन आयो कि आएन, आर्थिक गतिबिधि चलायमान भयो कि भएन, त्यो पो हो त बिकास । पाहाडी लोकमार्ग बनाए राज्यकोष सकेर, आज त्यो बाटामा दिनभरीमा तीनवटा गाडी कुद्दैनन् । दिनानुदिन घर रित्तिरहेका छन् । गाउँ रित्तिरहेका छन् । पहाड रित्तिरहेका छन् । अनि ती रित्ता पाखामा खरबौं खर्चेर कमिसनको बलमा बनेका बाटाहरूलाई ‘बिकास गरेको’ भन्न अभैm सिकाइदै छ ।
त्यसैले हिजो धेरै अवसरहरू पाएर पनि असफल बनेका प्रधानमन्त्री ओली आज ती अवसरहरू र सकारात्मक रिस्पोन्स छैनन । हिजो उनलाई ‘हर कुरामा प्लस पोइन्ट’ थियो ।
आज त्यो सुबिधा छैन ।
किनभने परिस्थिति उही देख्दै छु । तत्वहरू उही छन् । अवसर उही छन् । चुनौती उही छन् । आज राज्य संयन्त्रको पार्टीकरण तथा विश्व परिस्थिति, खासगरी भारत र चिनको सामरीक परिस्थितिमा आएको फेरबदलमा आएको अनिश्चितताले नेपालका लागि आन्तरिक र वैदेशिक दुवै इकाइहरूमा जटिल संक्रमणकाल सुरू भएको छ । दूरदर्शी नेताले देशको लागि चौतर्फी संवेग सिर्जना गर्छ, योग्य नेतृत्वले त्यसलाई रंग भर्छ, अनि देशले त्यस उचाइवाट प्रगतिको छलाङ लगाउँछ ।
तर नेताहरूको आत्मकेन्द्रितता यो देशको समस्या भएको छ । ती मूकदर्शकमा सीमित रहेर देश वा विदेशका घटनाक्रमले नै संवेग बनाउनुपर्ने दर्भाग्यता हामी झेलिरहेका हुनाले देश गतिहीन भएको छ । देशको आवश्यकता भारत र पश्चिमाहरूले तय गरिदिएर यो देश आजसम्म चल्यो । नेपालले देशभित्र र बाहिरका घटनाको प्रभावमा संवेग बन्नुपर्ने, त्यसलाई टुङ्गोमा पु¥याउन पनि पराइकै मुख ताक्नुपर्ने नेतृत्व भोग्दै आएको छ । र हामी निरन्तर संवेग गुमाउँदै आएको छौं ।
नेल्सन मण्डेलाले भनेका छन् – सफलताका लागि इतिहासबाट पाठ सिक्नुपर्छरु। इतिहासलाई लाञ्छना लगाएर इतिहास सुरक्षित हुँदैनरु। तर हाम्रा नेताहरूमा आफूले दोर्होयाएर भोगेको हन्डरबाट पनि सिक्ने चाहना छैनरु। न त अरू हिजोका अशल नेताहरूलाई सम्मान गर्न सिके र सिकाए । इतिहासका राम्रा समयहरूलाई पनि दुत्कार्न सिकाइयो । परिणामस्वरूप पाँचवटा संविधान असफल भएपछि बनाएको छैटांै संविधान अन्तर्गतका दुई दुई पटक भएका चुनावहरूले सिर्जना गरेको संवेगलाई खेर फालियो ।
अहिले राज्य व्यवस्थाका चारवटै प्रमुख अङ्गहरू शिथिल छन् । भाँडभैलो ब्याप्त छरु। देश भ्रष्टाचार र कुशासनले गाँजेर ओरालो लागेको अवस्था अन्त्य नगरी भाँडिएको राज्य संयन्त्रलाई सुधार्न सकिँदैन । तर ठूला नेताहरू जोडिएका भ्रष्टाचारमा अनुसन्धान पूरा गरेर कारबाही सुरू गर्नैलाग्दा सम्बन्धित अधिकारीलाई सरूवा गर्ने, पदबाटै मुक्त गर्ने, प्रहरीमा राजनीति गर्ने, बिद्यालयहरू राजनीतिका ब्याड बनाउने, बिश्वबिद्यालयहरू राजनैतिक भागबण्डामा चलाउने, राजनीतिको बढ्दो आपराधीकरण, राज्यका सबै पदको पार्टी र गुटकरणको छहारीमा विधिसम्मत प्रक्रिया र संस्थागत संस्मरणबाट सञ्चालन हुनु राज्य सञ्चालनको चरित्र बनिसकेको छ आज । विधिको शासन नभएर नै भ्रष्टाचार बढेको, राजनीतिको आपराधीकरण भएको हो ।
अन्तर्राष्ट्रिय सामरिक सोचको पाइला सुस्त हुन्छ, तर स्थिर र नियोजित हुन्छ । यसको गर्भमा नेपालको राजनीतिमा ब्यापक प्रभाव पार्नसक्ने सामथ्र्य हुन्छरु। शक्तिशाली देशहरूले सार्वजनिक रूपमा दिने सल्लाह वा चेतावनीलाई बसिबियाँलो ठान्ने गल्ती गर्नु हँुदैन । चीनको ब्यापार र सडक बिस्तार र भारतको पानी राजनीतिलाई हलका संझनुहुन्न । ब्रिटिस अदालतले नेपालमा भएको यातना सम्बन्धी घटनाबारे बेलायती अदालतमा सुनवाइ हुनसक्ने फैसला गरिसकेको छ । राज्य संयन्त्रको पार्टीकरण तथा विश्व परिस्थितिमा आएको अनिश्चितताले ह्वात्तै बढेको सामरिक सम्वेदनशीलताले नेपालका लागि आन्तरिक र वैदेशिक दुबै मोर्चामा विभिन्न आयामका अति जटिल र जोखिमयुक्त संक्रमणकाल अब सुरूवात गराएको छ । नेपालको इतिहास र भूगोल दुबैका लागि जोखिम बढेको छ ।
कृषिप्रधान देश सबैभन्दा बढी कृषि आयात गरेर बाँच्ुने समयको अन्त्य, अर्कोतिर महत्वकांक्षी र अस्थिर प्रचण्ड तथा गनगने माधव नेपालको ब्यावस्थापन नै ओली सरकारको सफलताको कडी हो । कांग्रेससंगको संबन्ध निरन्तर सुमधुर रहिरहन पनि कम भुनौती छैन । संसदका पहिलो र दोस्रो दलले सरकार बनाएको अनौठो इतिहास रचेका कांग्रेस–एमाले बिपरित सोचका छन्, पतिश्पर्धीहरू पनि हुन् । यस्तो जटिलताको व्यावस्थापन अर्को चुनौती त छदैंछ । र ओलीको वरिपरिका गणेश राजनीतिका माहिरहरूको चलखेल पनि निर्धारक तत्व बन्छ यो सरकारको सफलतामा । प्रचण्डको उत्तरआधुनिकता उच्च छ, उनी सबैभन्दा अस्थिर छन् । यो चुनौती हो । र साथसाथै द्वन्द्वका बाछिटाहरू बिश्वभर छन्, यसले कुनै पनि बेला खतराको घण्टी बजाउनेछन्, र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्य तुरून्त सम्पादन गरेर त्यो पाण्डोराको बाकसलाई सदाका लागि बन्द गर्न ओली सरकार सक्षम हुन जरूरी छ । यो सरकार एमाले कांग्रेसको होइन, नेपाली जनताको हो भन्ने हो भने सकारात्मकता आपैm पलाउन थाल्छ ।
