पालिका गतिविधि स्वास्थ्य

उपप्रमुख सुरक्षित महिनावारी कार्यक्रम

२५ असार, दमक । दमक नगरका आर्थिक विपन्न महिलाका लागि सेनिटरी प्याड निःशुल्क उपलब्ध गराउँदै महिलाहरुका लागि सुरक्षित महिनावारीको कार्यक्रम सोमबार उद्घाटन गरिएको छ ।

उपप्रमुखको पहलमा ल्याइएको ‘उपप्रमुख सुरक्षित महिनावारी कार्यक्रम’ को फाइदाका बारेमा नगरका सम्पूर्ण स्वास्य निकायमा प्रमुख तथा महिला स्वास्थ्य स्वयमसेविकासँग अन्तरक्रिया गरिएको छ । महिलाहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड प्रदान गर्ने र महिनावारीको स्थिती कस्तो छ भन्नेबारेको रिपोर्ट समेत तयार पार्ने कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईले गरेका छन् । उनीहरुले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई सेनेटरी प्याड दिएर कार्यक्रम उद्घाटन गरेका थिए ।

नगर प्रमुख थापाले लक्षित समुदायका लागि थालनी गरिएको कार्यक्रम उनीहरुका लागि प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । ‘दमक नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ आएको सो कार्यक्रमmे महिलाको स्वास्थ्य सुरक्षामा केही योगदान गर्ने नगरपालिकाको विश्वास रहेको उपप्रमुख प्रसाईंले बताइन् ।

सो अवसरमा महिनावारीको स्थिती कस्तो छ ? नियमित महिनावारी हँुदाका फाईदा र नियमित नहँुदा हुने बेफाइदाका बारेमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी गराए । दमकमा रहेका १० वटै वडाका स्वास्थ्य केन्द्र इञ्चार्ज, सामाजिक स्वास्थ्य स्वयम््सेविका तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Author

You may also like