लेख स्वास्थ्य

महिलाहरुमा सेतो पानी बग्ने समस्या ( स्वेतप्रदर ) र यसको उपचार

सामान्यतया महिलाको योनीबाट पानी जस्तै बग्ने तरल पदार्थ निस्कन्छ । जुन दुर्गन्ध रहित हुन्छ । त्यसलाई हामी सामान्य योनी श्राब भन्दछौ । यस किसिमको श्राबले महिलाहरुलाई कुनै समस्या दिएको हुदैन । तर यदि योनीबाट सामान्य भन्दा बढी, दुर्गन्धित भएर चिलाउने समेत भई सेतो पानी जस्तो ,दही जस्तो, पहेलो जस्तो, हरियो जस्तो अथवा पीप जस्तो पदार्थ निस्किन्छ भने त्यसलाई असामान्य रुपमा लिइन्छ । त्यसैलाई हामी बोलीचालीको भाषामा सेतो पानी बग्ने समस्या भन्ने गर्दछौं ।

यो समस्या हेर्दा वा सुन्दा सामान्य जस्तो लागेपनि यसले महिलाहरुलाई निक्कै समस्यामा पारेको हुन्छ । अझ योनी चिलाउने समस्या भएमा सामाजिक रुपमा घुलमिल हुन पनि गाह्रो हुन्छ । यति मात्र नभई समयमै यसको निदान गर्न सकिएन भने यसले जटिल समस्या निम्त्याउने हुनसक्छ ।

कारणहरु :–

१.विभिन्न किसिमका संक्रमणहरुको कारणले गर्दा सेतो पानी बग्ने समस्या हुन सक्दछ । जस्तै:

-Trichomonas Vaginitis

– Monilial Vaginitis

–Bacterial Vaginosis

–Cervicitis

२.महिनावारी बन्द हुने समयमा पनि सेतोपानी बग्ने समस्या हुन जान्छ ।

३.पाठेघर वा पाठेघरको मुखमा राखिने विभिन्न बाहिरी बस्तुहरुका कारणले पनि सेतो पानी बग्ने समस्या हुने गर्दछ । जस्तै ः– पाठेघरको मुखमा रिंग राख्ने आदि ।

४.विभिन्न रसायनहरुको सम्पर्कका कारणले पनि यो समस्या हुने गर्दछ । जस्तै:– कन्डोम , सुगन्धित पदार्थको प्रयोग आदि ।

५.योनी दिसा, पिसाबको सम्पर्कमा आएमा पनि चिलाउने वा सेतो पनि बग्ने हुन सक्छ ।

६.कसै–कसै लाई पाठेघरमा हुने ऐंजेरु, पाठेघरमा मासु पलाउने समस्या अथवा क्यान्सरका कारणले पनि यो समस्या हुने गर्दछ ।

७.विभिन्न योनरोगका कारणले पनि सेतोपानी जाने समस्या हुने गर्दछ ।

लक्षण तथा चिन्हहरुः–

१.दुध जस्तो, दही जस्तो, पिप जस्तो वा अण्डाको सेतो भाग जस्तो पदार्थ सामान्य भन्दा बढी योनीबाट बाहिर निस्किनु ।

२.योनीभित्र वा बाहिर चिलाउनु ।

३.योनी सुक्खा हुनु ।

उपचारः–

उपचार कारणमा आधारित हुने गर्दछ । यदि संक्रमणका कारणले भएको हो भने, कस्तो किसिमको पदार्थ योनीबाट निस्किएको छ, त्यसको आधारमा उपचार सुरु गर्नु पर्दछ । वा भनौं ब्याक्टेरियल फंगल । कुन किटाणुका कारणले हो सो को निक्र्याैल गरी उपचार सुरु गर्नु पर्दछ ।

–अनावस्यकरुपमा योनीलाई धोएको धोएइ नगर्ने ।

–सुतीको पेन्टी वा कपडाको प्रयोग गर्ने ।

–धेरै मात्रामा कसिलो पेन्टी नलगाउने ÷

–योनीलाई सुख्खा राख्ने ।

–आफ्नो शारीरिक अवस्थालाई तन्तुरुस्त बनाउने । त्यसकालागि आफ्ना वरिपरी पाइने पोसिलो खाने कुराहरु प्रसस्त मात्रामा खाने ।

सेतो पानी बग्ने समस्यालाई हामी कुनै असरबिना होमियोप्याथिक औषधिको प्रयोग गरेर राम्रोसँग निको पार्न सक्दछौं । होमियोप्याथिक औषधि अत्यन्त प्रभावकारी हुन्छ । योग्य होमियोप्याथिक चिकित्सकको निगरानीमा रहेर औषधिको प्रयोग गर्न सकिन्छ ।

(लेखक कंचनजंघा होमियो क्लिनिक दमककी होमियो फिजिसियन हुन् )

Author

You may also like