देश–समाज स्वास्थ्य

सीमा सिल गरेपनि भारतबाट सुर्ती भित्रिदै

झगेन्द्र खड्का
गाैरीगंज/नेपाल भारत सिमा अन्तरगत झापाकाे दक्षिणी नाकाबाट अबैध रुपमा प्रतिबन्धित सुर्ती भित्री रहेकाे छ।

काेराेना भाइरस संक्रमणका कारण सरकारले  लकडाउन गरि सिमाक्षेत्र सिल गरेपनि तस्करहरुले भारतीय भूमिबाट नेपाल तर्फ सुर्तीजन्य पदार्थ भित्र्याइ रहेका छन।नेपाल भारत दक्षिण तर्फ खुल्ला सिमा रहेकाे फाइदा उठाउदै तस्करहरुले रातारात सुर्ती सहित तेल चिनि लगायतका पदार्थहरु भित्र्याइरहेका छन।

गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ फत्तेपुरकाे  जनताचाैकमा प्रहरीले सुर्ती बरामत गरेकाे छ।भारतीय भूमिबाट लुकाइ छिपाइ साइकलमा नेपाल तर्फ ल्याउदै गरेकाे अबस्थामा ४५ केजी सुर्ती जनता चौकमा बरामद गरेकाे हाे।गाैरीगंज गाउँपालिका वार्ड नं. ५ जनता चाैक बस्ने अन्दाजी वर्ष ५० काे माेटेश्वर सिंहले साईकलमा भारततर्फबाट सुर्ती ल्याउदै गरेकाे अवस्थामा विहान ५ बजे सशस्त्र प्रहरी गाैरीगंजकाे गस्ती टाेलीले पक्राउ गरेकाे थियाे।सशस्त्र प्रहरीले सिमा क्षेत्रबाट सुर्ती बरामत गरे संगै गाैरीगंज गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न नाकाकाे प्रयाेग गर्दै नेपालमा प्रतिवन्धित सुर्तीजन्य पदार्थ भित्रिरहेकाे खुलासा भएकाे छ।काेराेना भाईरसकाे संक्रमणबाट फैलिन नदिन नेपाल सरकारले लगाएकाे लकडाउनकाे माैका छाेपी गाैरीगंज क्षेत्रकाे विभिन्न नाका प्रयाेग गर्दै रातारात तस्करहरूले साइकलमा बाेकेर  सुर्तीजन्य सहित खाद्यान्न पर्दाथहरू भित्राई रहेकाे स्थानियबासि बताउछन्।भारतीय सीमासंग जाेडिएकाे गाैरीगंज गाउँपालिकाकाे करिब २० किलाेमिटर खुल्ला सिमाक्षेत्रमा आवतजावत नियन्त्रण गर्न १ किलाेमिटर दुरिमा सशस्त्र प्रहरीले अस्थायी पाेस्ट बनाई पालैपालाे २४ सै घण्टा प्रहरीले डिउटी गरिरहेका छन।सुर्ती बरामद गरेसंगै त्यसमा संलग्न ब्याक्तीलाई आवश्यक कार्वाहीकाे लागि प्रक्रिया अगाडि बढाएकाे सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रहरी निरीक्षक साईमन श्रेष्ठले बताए ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ फत्तेपुर नाकामा सिमामै अस्थायी प्रहरीकाे पाेस्ट स्थापना गरिएकाे छ । पाेस्टमा प्रहरीले २४ घण्टा सुरक्षा दिईरहेकाे छ। प्रहरीकाे पाेस्ट भन्दा करिब १ किलोमिटर भित्र नेपाल तर्फ जनता चाैकमा प्रहरीले सुर्ती बरामद गरेकाे थियाे।कडा सुरक्षाका बिच तरस्करहरूले सुर्तीजन्य पदार्थ रातारात भित्राईरहेकाे स्थानीय बुधलाल चन्द्र सिंह गन्गाई बताउँछन्।राती साईकलमा समान ओसारपसार गर्ने गरेकाे उनले बताए।रातारात तस्करहरुले साइकलमा बाेकेर सुर्ती सहित खाद्यान्न सामग्री ओसारपसार गर्दा पनि प्रहरीले वास्ता नगर्नुमा प्रहरीकाे समेत मिलेमतो हुन सक्ने स्थानीयले आशंका गरेका छन।गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे भारतीय सीमासंग जाेडिएकाे नेपाली भुभागमा रहेकाे मकैबारी प्रयाेग गर्दै तस्करहरूले सुर्ती नेपाल भित्राईरहेकाे स्थानियहरू बताउँछन्।सीमा क्षेत्रकाे नेपाली भूभागमा अधिकांश किसनाहरुले खेतमा मकै लगाएकाले तस्करहरुलाई मकै लगाएकाे खेतबाट सुर्ती ल्याउने गरेकाे स्थानीयबासि बताउँछन्। सिमा क्षेत्रमा सशस्त्र प्रहरी बसेपनि तस्करहरूले राती मात्रै नभई दिउसै पनि सुर्ती नेपाल भित्राईरहेकाे स्थानिय घनश्याम राजवंशीले बताए।सशस्त्र सिमा सुरक्षा प्रहरी बल गाैरीगंजका प्रहरी निरीक्षक साईमन श्रेष्ठले प्रहरीले सिमा क्षेत्रमा २४ सै घण्टा सुरक्षा दिएकाे बताए।उनले सिमा खुल्ला भएकाेले तस्करहरूले प्रहरीलाई समेत छलेर सामान ल्याउन सक्ने भएकाले स्थानियहरूले पनि प्रहरीलाई सहयाेग गर्नु पर्ने बताए।

Author

You may also like