बैशाख २४ गते । जंगली च्याउ खाँदा झापामा दुइजना बिरामी भएका छन् ।
कन्काई नगरपालिका—७ का ४० बर्षीय जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु मंगलवार बेलुकाको खाना संगै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समय देखि नै वान्ता हुन थालेपछी उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल लगिएको छ ।
हाल उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको छ ।