लेख विचार/वहस

विद्वानको नेताको ‘डायनिससवाद’

केही वर्ष अघिको घटना हो, कृष्ण धरावासीको बहुचर्चित कथाकृति ‘झोला’ को कथानक चलचित्र हेर्न उसबेलाका नेपाली राजनीतिका हस्तीहरु एकै ठाउँमा जम्माभए । फिलिम हेरेर फिरेपछि एमाओवादीका ‘प्रकाण्ड बिद्धान’ नेता बाबुराम भट्टराईले सकारात्मक प्रतिकृया मात्र दिएनन, उनले आफैं एउटा अनौठो बौदिकताको पर्दा फरफराए । उनले के सम्म भन्न भ्याए भनें ‘हामीले कतिपय राणा र शाहहरुको बिरासतलाई नबुझिकनै सालिकहरु तोड्यौं, उनीहरुलाई राम्ररी बुभ्mन सकेनछौं’ । यसरी उनको प्रतिकृया आउँदै गर्दा यसले उनलाई डायनिससको बौदिकतावादमा रुपान्तरण गरिदियो ।

यस कथाको चलचित्र समेत बनेपछि यसको चर्चा एकाएक अभैm बढेर गयो । जसले २०६० सालमा प्रकाशित धरावासीको कथा संग्रह ‘झोला’ पढेका थिए, तिनले पनि भावुकतामा हराएको हराएको महसुस गरे । जसले त्यो कृति पढेका थिएनन, तिनले पनि साहित्यको शक्तिलाई बुझे । यो कृति आफैंमा अनुपम कथा थियो त्यो कालो इतिहासको र यसले हाम्रो सांस्कृतिक ‘बिकृति’ को चरम तोरण बनेको यथार्थलाई सजीव बनाएको छ । हामी एउटा यस्तो समयबाट गुज्रियौं जसलाई सम्झन पनि मन लाग्दैन । त्यो सांस्कृतिक विरासत बन्नुको साटो समय त्राशदी बनेको छ ।

यस कथामा न्यारेटर (म पात्र) को घरमा एउटा परदेशीले म पात्रको परिवारलाई झोला राख्न दिएको हुन्छ । जव कामवाट न्यारेटर आउँछ घरमा बेलुका, उसको ध्यान त्यो अपरिचित झोलाले खिच्छ र कसैले नदेखि मौका पारेर त्यो झोला खोलेर हेर्दा कागजको मुठोमा एउटा कागजमा लतपतिएका अक्षरले लेखिएको आलेख पढ्न थाल्छ । त्यो आलेख उही परदेशी पात्रको आत्मबृतान्त थियो । उसका बूढा बाले धेरै कम उमेरकी कान्छी श्रीमती भित्र्याए । छिट्टै उनी परलोक भए र भर्खर अंकुरिन थालेकी युवती विधवा भइन् । बालाई सतीघाटमा जलाउन लग्दा सानो उमेरकी युवतीलाई पनि जिउँदै जलाउन घाटमा लग्दै हुन्छन् । त्यो समय त्राशदीको चित्र थियो ।

घाटमा पुगेर बालाई जलाउनथाले पछि सबै मलामीहरुले ती तन्नेरी आमालाई जबरजस्ती तानेर उनलाई आगोको लाप्कामा प्mयाँकिदिन्छन् ।बल्दै गरेको आगोमा जिउँदो मान्छे प्mयाँक्न थुप्रै भुसतिघ्रे मलामीहरुको परिचालन हुन्छन् । एउटी महिला जीवनको भीख माग्दै कुद्दै र भाग्दै हुन्छे । अनि बलवान पुरुषहरु तिनको सास निभाउन कसरत गरिहन्छन् । ती आमा आगोको मूस्लोबाट डढ्दै तर्किएर भाग्न सफल हुन्छिन् । उनले अरु नारीहरु पनि आगोमा घचेंटिदै गरेका र भाग्दै गरेका अनि जन्तीले पक्रिएर आगोका हाल्दै गरेका दृष्यहरु देखिन् । उनी जंगलमा वनमान्छे जस्तै भएर बस्दै गर्दा त्यो छोराले भेट्न जान्छ जंगलमा । लुप्त भएर जीवन बाँचिरहेकी आमाको कारुणिक कथा र सतीप्रथालाई चुनौती गर्न नसके पनि यसको बिरुद्धमा लाग्ने नारीहरु पनि थिए । जसले सती जानबाट आगोको लप्काबाट उम्केर र भागेर बाँच्न सफल ती आमालाई संरक्षण गर्ने कोही थिएनन् । काका र काकीले केही सहयोग दिएर विदा गरे । यो घटना गोप्य राखेर ती बिदा भए । अमरपुरबाट तेह्थुमको संक्रान्ती बजारहुँदै धरान, विरगञ्ज र भारततिर बाँच्ने शिलशिलाको लागि । त्यपछिका आमा यो घटनाले ती आमा र छोरा पलायन हुन्छन् त्यो ठाउँबाट । त्यसपछिका हरफहरु अष्पष्ट थिए ।

त्यति पढिसकेपछि न्यारेटर भावविहेल भयो र त्यो कागज झोलामै हालिदियो । आँशु झ¥यो । परिवारले उसलाई आँशु झारेकोमा जिस्क्याउँछन् । राति निद्रा पनि लागेन उसलाई । विहान ऊ आप्mनी पत्नी सिताजीलाई आज यो झोलाको मान्छे आएभने जान नदिनु, घरमा सगैं बसेर खानाखाने भन्दै अहए । अनि महान मान्छेहरु वी. पी., पृथ्वी नारायण शाह, राजा महेन्द्रको फोटाको वीचमा चन्द्र शमसेर राणाको फोटो भुण्ड्याउँछन् । ती राणा शासकभएर पनि महान मानवतावादी मान्छे थिए । जसले यो सतीप्रथाको उन्मूलन गरेका थिए । नारीलाई अकालमै मर्न नदिने भन्दै त्यो कालो संस्कृतिलाई मासिदिए । यसर्थ, उनको सम्मान भयो ।

यस्तो ऐतिहासिक विरासत बोकेको चन्द्र शमसेरको जीवन सामाजिक न्यायका हिसावले उत्कृष्ट थियो । यो न्याय झोला कथामा व्यक्त भएको छ । यो सामान्य इतिहास धेरै नेपाली जनतालाई थाहा छ । गजव त के भयो भने नेपाली राजनीतिका विदुर मानिएका तत्कालिन एमाओवादी नेता बाबुराम भट्टराईलाई यो कुरा थाहा नभएको जस्तो देखियो उनको प्रतिकृयाले । दश कक्षामा पढने विद्यार्थीले जानेको यो इतिहासको खण्ड विद्वान नेतालाई कसरी थाहाभएन ? उनले इतिहासका यी महत्पूर्ण कालखण्ड किन नबुझि सबै राणा र शाह राजाहरुलाई सामन्ती र निरंकुश भन्दै तिनका सबै सालिक तोड्ने र तिनलाई राष्ट्रिय राजनीतिमा ‘अछुत’ बनाउने असंस्कारिक राजनीतिको अुवाई गरे त ? एउटा विद्वान भनिएका मान्छेले विद्वताको रंग कतै पनि नआउने चरित्र देखाइसक्दा पनि ती उही गरिमामय रहिरहन्छन् ? यिनको बौदिकता हेर्दा यी सिसिली राज्यको डायनिसस राजामा रुपान्तरित भएका छन् ।

सिसिली भन्ने सानो राज्यमा चौथो शताव्दीमा डायनिसस् नाम गरेका राजा राज्य गर्थे । उनी पढ्दा लाग्छ मिथकीय पात्र हुन् । उनको जीवनको भोगाई र चरित्रलाई व्याख्या गर्दा मेरा विद्यार्थीले पत्याउन गाहे माने । उनीहरुलाई लाग्यो यो कुनै कहावात हो । डायनिसस राजा मात्र थिएनन्, उनी ठूला तानाशाहा पनि थिए । जव जव उनीजनताका अनुहारमा आतंकको धब्बा देख्थे, तवतव उनी आनन्दले उन्मादित हुन्थे । उनको खुशीलाई साकार पार्न उनले जनताका मुहारमा दुःख देख्नै पथ्र्यो । अर्काको मन् रुन थालेपछि उनको मन हाँस्न थाल्थ्यो । आँशुमा उत्सव मनाएर दिनचर्या बित्थ्यो तिनको । अनि जनता अवाक भएर त्यो तनाशाहलाई मार्न पाएहुन्थ्यो भनी कल्पना गर्थे तर तानाशाहलाई देख्नसम्म पनि गाह्रो हुन्थ्यो । मार्ने त कुरै कता हो । यो एउटा अकल्पनीय दाग थियो त्यो सभ्यताको ।

तर गजवको कुरा के थियो भने डायनिसस एक प्रकाण्ड विद्धान पनि थिए । उनलाई ज्ञानले कहिल्यै भो हुंदैन थियो । ज्ञान विना उनी एक पल पनि बाँच्न सक्दैन थिए । उनलाई दिव्य ज्योतिले हरपल सिंगारिनु पर्ने, विद्धानका अमर वचनले अलौकिकता प्राप्त गर्ने उनको उत्कण्ठा सदा बढ्थ्यो, तर कहिल्यै घट्दैन थियो । उनी विद्धताले रंगिएर, पुरिएर, जग्मगाएर, मग्मगाएर बस्न चाहन्थे । देशविदेशबाट विद्धानहरु दरवारमा मगाएर त्यो विद्धत जीवनप्राप्त गर्ने उनको धोको संधै पुरा हुन्थ्यो । उनको विद्वतालाई मान्छे सधैं धारे हात लगाइरहन्थे, सरापिरहन्थे । उनले प्राप्त गरेको ज्ञानको भण्डार कता थियो कसैले महसुस गर्न सक्दैनथ्यो । उनको व्यवहार यति घटिया थियो कि मान्छे थुक्थे उनलाई । तर पनिउनको ज्ञान मोह कहिल्यै पनि घट्दैनथ्यो ।

यो अज्ञानी मान्छेको ज्ञानको भण्डार मोह अहंतालाई डायनिससवाद भनियो । झोला फिलिम हेरेर मात्र चन्द्र शमसेरको उदात्त मानवतावाद बुभेंm भन्नु वाआजसँम बुभ्mन सकिनछु भन्नु उदेकलाग्दो कुरा हो ।उनको ज्ञानको अपरिपक्ता, अपूर्णता, र हाँस्यास्पदतामा खडा भएर उनी आप्mनो राजनैतिक र बौदिक उचाइ नाप्दै गरेका छन् जस्तो लागिरहेको छ । यो भन्दा दुर्भाग्य अरु केही छैन उनको यो राजनैतिक उचाइकालागि । धरावासी आज थुप्रै डायनिससहरुलाई महसुस गराउँदैछन् यो फिलिममार्पmत । धरावासीलाई मेरो पनि बधाइ छ ।

Author

You may also like