अर्थ मुख्य

ज्येष्ठ प्रतिष्ठान र जेसीजलाई वाणिज्य संघको सहयोग

दमक, २४ वैशाख । दमक उद्योग वाणिज्य संघले ज्येष्ठ प्रतिष्ठानलाई कम्प्युटर र दमक जेसीजलाई नगद सहयोग गरेको छ ।

संघले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकलाई कार्यालय सञ्चालनमा सहयोग पुर्याउँने उद्धेश्यले एकथान कम्प्युटर हस्तान्तरण गरेको छ । आइतवार संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच उद्योग वाणिज्य संघ दमकका अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल ) र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठले प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेल र उपाध्यक्ष शिव काफ्लेलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

यसैबीच पूर्वी भ्रमणमा आएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगर सहितको टोली र काभे्रस्थित पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीसहितको टोलीलाई दमक उद्योग वाणिज्य संघले स्वागत गरेको छ । यसकासाथै संघले दमक ८ स्थित जेसीजको सामुदायिक भवन निमार्णमा सहयोगार्थ २५ हजार रुपैयाँ वितरण गरेको छ । दमक जेसिजका अध्यक्ष रामचन्द्र अधिकारीलाई सो रकम हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गोकूल श्रेष्ठले दमकका सबै संघ संस्थासँग हातेमालो गरेर एकअर्काकामा सहकार्य गर्दै अघि बढ्नखोज्नु उद्योग वाणिज्य संघको सकारात्मक कदम भएको बताए ।

संघका अध्यक्ष गुरागाईंले ठूलो सहयोग गर्न नसकिएपनि एउटा संस्थाले अर्को संस्थालाई गरेको सानो सहयोगले हौसला बढाउने भन्दै दमक उद्योग वाणिज्य संघको सहयोगले दुईओटा संस्थालाई हौसला बढाउने कार्य गरेको बताए ।

संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा दितीय उपाध्यक्ष ज्ञानु पौडेल, लेखा समिति संयोजक नेत्र चौंलागाईं, दमक जेसीजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Author

You may also like