दमक/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नतृत्व गरेको समुह र नेकपा एमाले निकट युवासंघले काठमाडौमा छुट्टा छुट्टै प्रदर्शन गरेका छन् । दुर्गा प्रसाईंको कार्यक्रमामा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले पनि सम्बोधन गरे । उनले मुलुक परिवर्तनका नाममा अराजकता बढेको र एउटा राजा हटाएर धेरै राजाहरु बढेकोले भ्रष्टाचार बढेको टिप्पणी गरे । प्रशासनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएपछि बल्खुमा आयोजना गरिएको प्रदर्शनमा सांसद शाही पुगेका हुन् ।
राप्रपाले भने प्रसाईंको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागिताबारे आधिकारिक निर्णय नगरेको बताएको छ । दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंको बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ । प्रसाईंले उत्तेजित भाषण गर्दै समर्थकहरुलाई भड्काएपछि उनीहरु प्रहरी घेरा तोडेर अघि बढ्न खोजेका थिए । त्यसक्रममा बल्खु चोकबाट कालिमाटीतर्फ भिड जान खोजेपछि प्रहरीले भिडलाई तितरबितर पार्न अश्रु ग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । सो क्रममा केही घाइते भएका छन् ।
उता नेकपा एमालेको युवा तथा विद्यार्थीले पनि बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल
काठमाडौंमा… र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी थिए । एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको थियो ।
युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले निषेधाज्ञा घोषणा गरेकाले तिनकुनेमा प्रदर्शन गरेको हो ।
राजालाई सिंहासनमा नराखी फर्कँदैनौं – प्रसाईं
काठमाण्डौं/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नतृत्व गरेको समुहले काठमाण्डौमा प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै प्रसाईँले राजालाई सिंहासनमा नराखी नफर्किने बताएका छन् । उनले देशमा संघीयताको खारेजी नभएसम्म मुलुक बन्न नसक्ने बताए । मुलुकमा भ्रष्टाचार बढेको, कमिसनतन्त्र र घुषखोरीले देश खोक्रो बनाएको भन्दै आक्रोस पोखे । यो अभियानको नेपालमा राजतन्त्रको पुनस्र्थापना तथा हिन्दू राज्य कायमलगायतका एजेन्डा रहेको प्रसाइले बताए ।
लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ः बस्नेत
काठमाडौँ/ एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताएका छन् । एमाले भातृ संगठन युवा संघ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए ।
उनले दुर्गा प्रसाईंलाई अराजकतावादीको संज्ञा दिँदै यो विरोधलाई प्रसाईंसँगको आन्दोलनलाई जोड्न नहुने बताए ।