कला/साहित्य/संस्कृति

अन्तर्राष्ट्रिय मोडलिङमा पाठक छानिए

दमक, २४ वैशाख। झापाको दमकका प्रतिभाशाली युवा प्रविण पाठक एक अन्तर्राष्ट्रिय मोडल प्रतियोगिताका लागि छनोट भएका छन् ।

उनी यही मे १५ देखि १९ सम्म इण्डोनेशियाको बालीमा हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा भाग लिनका लागि नेपालबाट छनोट भएका हुन् । नेपालभरका युवाहरुबीच भएको अनलाइन अडिसनमा उत्कृष्ट ठहरिएपछि पाठकले सो अवसर पाएका हुन् ।

पाठक मिष्टर नेपाल २०२३ को प्रतिष्पर्धामा टप टेनभित्र परेका थिए भने मिष्टर वल्र्ड हेरिटेज नेपाल २०२३ को विजेता पनि बनेका थिए । पाठकले बालीमा विश्वका विभिन्न मुलुकबाट सहभागी हुन जाने युवाहरुसँग प्रतिष्पर्धा गर्नेछन् ।

दमक ५ निवासी पाठक विगत केही वर्षदेखि मोडलिङको क्षेत्रमा काम गर्दै आएका युवा हुन् । उनले अण्डर १९ उमेर समूहका बालबालिकाहरुको प्रतिभा प्रष्फुटन हुनेगरी कोशी प्रदेशस्तरीय मिस आर्टिष्ट्री सौन्दर्य प्रतियोगिता विगत ३ वर्षदेखि निरन्तर गर्दै आएका छन् । २९ वर्षीय पाठकले सिभिल ईन्जिनियरिङमा स्नातक गरेका छन् भने उनले सामाजिक सेवा र युवा जागरणको कार्यमा पनि सक्रियता देखाउँदै आएका छन् । पाठक दमक ४ स्थित पूर्वाञ्चल बोर्डिङ स्कूलका निर्देशक हुन् भने दमक प्याव्सन कार्यसमिति सदस्यको जिम्मेवारीमा पनि रहेका छन् ।

Author

You may also like