मुख्य

सुदर्शनबाट अग्नीपीडितलाई सहयोग

उर्लाबारी, २२ फागुन । मोरङको उर्लावारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट पीडित मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का आफ्ना एक शेयर सदस्यलाई राहत रकम उपलव्ध गराएको छ ।

तीन दिन अघि आगलागीबाट धनमालको क्षति गुमाएका मधुमल्लाका शेयर सदस्य हर्कबहादुर श्रेष्ठलाई सदस्य कल्याणकारी योजना कार्यक्रम अन्तर्गत २० हजार राहत रकम प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन्द्र पौडेलले बताए ।

संस्थाका सञ्चालक, कर्मचारीसहितको टोली पीडितको घरैमा पुगेर सो राहत रकम हस्तान्तरण गरिएको हो । राहत हस्तान्तरण गदैं संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले सदस्यको सुखदुःखमा सहकारी माध्यम भएको बताउदै सदस्यहरुलाई थप सेवा पु¥याउन संस्था प्रयत्नशील रहेको जानकारी दिए ।

मधुमल्ला बजारमा च्वाइस होटल सञ्चालन गर्दै आएका श्रेष्ठको पसलमा वैशाख १८ गते राति आगलागी हुँदा होटल पूर्ण रुपमा क्षति भएको थियो । आगलागीबाट करिव ९० लाख मूल्य बराबरको धनमाल क्षति हुन पुगेको थियो ।

Author

You may also like