देश–समाज मुख्य

प्राणी संरक्षणमा १३ संस्थाको र्याली

दमक, १८ असोज
विश्व प्राणी दिवशका सन्दर्भमा पशु सहितका प्राणीको संरक्षणको सचेतनाका लागि दमकमा बिहीबार १३ संस्थाले संयुक्त र्याली निकालिएका छन् ।
विहान राधाकृष्ण मन्दिरबाट निस्किएको र्यालीले पशुपंक्षी संरक्षणको नारा सहितको प्लेकार्डका साथमा दमक चोक बजार क्षेत्र परिक्रमा गरेको थियो ।
श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिको संयोजनमा श्रीकृष्ण प्रणामी मन्दिर, किरात धर्म तथा साहित्य उत्थान संघ, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, सत्यसाई केन्द्र, राधामाधव समिति, राधागोविन्द धाम, स्वर्गीक मार्ग संघ सहितका १३ संस्थाको संयुक्त सहभागिता र्याली निकालिएको थियो । बुद्ध जन्मेको देशमा शान्ति कायम गरौं, दीर्घायू जीवन यापन गरौं, पशुप्राणीको रक्षा गरौं जस्ता नारा सहितको र्याली गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । समितिका अध्यक्ष रोहित आचार्यको अध्यक्षताको कार्यक्रममा १३ संस्थाका प्रतिनिधिहरुले प्राणी रक्षाका विषयमा मन्तव्य व्यक्त गरेको समिति सचिव प्रेम भट्टराईले वताए ।

Author

You may also like